विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशले मुख्यमन्त्री कार्कीले कुण्ठा पोख्दै भनेको नमानी युद्धमा सहभागी भएर घर फर्किएपछि काँग्रेसले स्वागत गरेको बताएका छन् ।
प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि नेपाली काँग्रेसको तर्फबाट छलफलमा सहभागी हुँदै पूर्वमुख्यमन्त्री उद्धब थापाले यस्तो बताएका हुन् ।
उनले केदार कार्की मुख्यमन्त्री बनेसँगै म्यूजिकल चेयरको खेल अन्त्य भएको समेत बताए । मुख्यमन्त्री कार्कीलाई मात्रै नभएर काँग्रेसका ८ जनालाई पनि आफूहरुले गला मिलाएको बताए ।
गठबन्धनले पनि मुख्यमन्त्रीलाई समर्थन गरेको बताउँदै थापाले एमालेले किन गठबन्धनको उम्मेद्वारलाई मान्ने भन्ने अवस्था आउन सक्ने भन्दै यसलाई गम्भीरतापूर्वक लिइने बताए । गठबन्धनका तीन जना शीर्ष नेताको हस्ताक्षरसहितको विज्ञप्ति आएको बताउँदै उनले एमाले अध्यक्ष ओलीको पनि विचार एक ठाउँमा राखेर यो सरकारलाई निरन्तरता दिन आग्रह गरे । उनले सम्भावित मध्यावधिलाई रोक्नुपर्नेमा जोड दिए ।
‘अन्य प्रदेशले बजेट अधिवेशन अन्त्य गरिसकेका छन्, हामीले बजेटलाई अध्यादेशमार्फत आएको छ । यसलाई पनि सहमतिबाट पास गरौं । यसलाई कसैले हारजीतको रुपमा नलिऔं,’ थापाले भने, ‘जनताले विकास निर्माणलाई पर्खेर बसेका छन् । कतिपय योजनाहरुमा काम भएको छ भुक्तानी गर्न बाँकी छ । ’
प्रदेशको नामाकरण गरेपछि समस्या आएको भन्दै त्यस विषयमा बोल्दा आपत्ती जनाउनु आवश्यक नभएको बताए । ‘