शक्तिपीठहरुमा स्कन्दमाताको पूजा गरिँदै

<span class='c1'>शक्तिपीठहरुमा स्कन्दमाताको</span> <span class='c2'>पूजा गरिँदै</span>

काठमाडौँ । नेपालीको महानचाड बडादशैँको आज पाँचौ दिन देशभरका शक्तिपीठहरुमा स्कन्दमाताको विशेष पूजा गरिँदै छ । आज खासगरी स्कन्दमाताको विशेष पूजा गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने धार्मिक विश्वास रही आएको छ ।

काठमाडौँ उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, मैतीदेवीलगायतका मन्दिर र शक्तिपीठहरुमा विशेष पूजाअर्चना गर्ने परम्परा छ । आइतबार असोज शुक्ल प्रतिपदाका दिन बिहान घटस्थापना गरी दशैँ घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि नेपालीको महान् पर्व बडादशैँको प्रारम्भ भएको हो ।

दसँै पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । यो १५ दिनको समयलाई दुर्गापक्ष पनि भनिन्छ । पूजा कोठा वा दशैँ घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथों दिन कुष्माण्डा, पाँचाँै दिन स्कन्दमाता, छैटौँं दिन कात्यायनी, सातौंँ दिन कालरात्रि, आठौँं दिन महागौरी र नवौँं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्