आजको मौसम : कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

<span class='c1'>आजको मौसम : कोशी, बागमती</span> <span class='c2'>र गण्डकीमा हल्का वर्षाको सम्भावना</span>

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक असर रहेको छ ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको भए पनि अन्य ठाउँमा मौसम सफा रहने छ ।

काठमाडौँको अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको छ । यसैगरी देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्