दशैँको मेकअप गर्दा छालालाई पनि ध्यान दिनु जरुरी छ?

<span class='c1'>दशैँको मेकअप गर्दा छालालाई पनि</span> <span class='c2'>ध्यान दिनु जरुरी छ?</span>

विराटनगर । हिन्दू धर्मावलम्बीहरुको महान चाडको रुपमा बडादशैँ सबैको घर आँगनमा हर्ष, उल्लासका साथ भित्रिएको छ ।

दशैँ आफन्त भेटघाट अर्थात मिलनको पर्व पनि हो । घरबाट टाढा रहेका आफन्तजन घर फर्कने र नातागोताका मनिसहरु भेला भएर यो पर्व हर्षोल्लासका साथ् मनाउने गरिन्छ । विशेष गरी दशैँको मुख्य दिन टिकामा सबैलाई राम्रो लगाएर राम्रो देखिन मन लाग्छ । राम्रो कसरी देखिने त ? अर्थात राम्रो देखिनका लागि मिनाज व्युटी केयर एन्ड पार्लरकि संचालक एवम् राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि विराटनगर अध्यक्ष भली सुब्बा भन्छिन्। सौन्दर्यकर्मी सुब्बासँग गरिएको कुराकानीको आधारमा हामीले यो समाचार तयार पारेका हौं ।

हामीले अनुहार सुन्दर बनाउने विषयमा राम्रो सँग सोच्नुपर्ने हुन्छ । श्रृंगारले नारीहरुलाई थप उर्जा दिन्छ भन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । जब एउटी नारी श्रृंगार गरेर सुन्दर देखिन्छिन् उनी भित्र छुट्टै आत्मबल बढ्ने गरेको पाइन्छ । तर, मेकअप गर्दा आकर्षण देखिन र हाम्रो छालालाई असर नहुने विषयमा भने ध्यान दिन जरुरी छ ।

मेकअपलाई यसरी टिकाउने

हरेक चाडपर्वमा विशेषत: महिलाहरू व्यस्त हुने हुँदा हामीले काम सङ्गै आफ्नो श्रृंगारलाई नी आकर्षक अनि टिकाउ राख्न आवश्यक हुन्छ ।

दशैंमा हामीले आफ्नो (मान्यताअनुसार) रातो/सेतो टीका लगाउन पर्ने हुँदा अरु मेकअप भन्दा प्राकृतिक मेकअप उचित हुन्छ। प्राकृतिक अर्थात सामान्य मेकअपसंग दशैंको टीकाको संयोजनले अनुहारमा चमक आउँछ आउछ आफ्नो छालाको प्रकार अनुसार क्रीमहरु प्रयोग गर्ने ।

मेकअप सुरु गर्ने सर्वप्रथम त अ-आफ्नो अनुहारको छाला अनुसार फेसवासले मुख धुने । मुख धुइसकेपछी टोनर मस्चराइजर, प्राइमर लगाउने र सन ब्लक क्रीम लगाउने ।

सबै मेकअप सकेपछि लङ लास्टिङ फिनिसिङ स्प्रे छर्किने । निधारमा भएको टिकाले कहिलेकाहीँ निधारमा एलर्जी हुन सक्ने संभावना भएकाले राम्ररी मेकअप रिमुभरले पुछेर, एकछिन क्लीन्जिङ गरेर फेसवाश गर्ने ।

सावधानी
मेकअप गरेको अनुहारमा राती सुत्नेबेला स्किन रिमुभ गर्ने बानी गर्नुपर्छ । स्किन ड्यामेज हुन नदिनका लागिय यसो नगरे स्किन ड्यामेज हुने र छालामा अन्य समस्या देखिनसक्छ । स्किन टोनर र स्किन ब्यालेन्सिङ क्रीम लगाएर सुत्दा स्किन ड्यामेज हुँदैन र हेल्दी पनि देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्