तिहारमा आफ्नै पाखाभित्ताको फूल लगाउँछ धरान, सयपत्री फुलाउने मेयर साम्पाङको योजना

<span class='c1'>तिहारमा आफ्नै पाखाभित्ताको फूल लगाउँछ धरान,</span> <span class='c2'>सयपत्री फुलाउने मेयर साम्पाङको योजना</span>

सुजता लिम्बु
विराटनगर । तिहारका लागि आवश्यक पर्ने सयपत्री फूल अझैपनि भारतबाट आयात गर्नुपर्ने अवस्थाबाट नेपाली बजार पछी हट्न सकेको छैन । पुष्पगुच्छाका लागि प्रयोग गरिने खालको फूलमा नेपाल आत्मनिर्भर भएपनि माला बनाउनका लागि सयपत्री फूल आयात हुन्छ । अझै भारतको भर पर्नुपर्ने अवस्था रहेको फूल व्यवसायीहरुले बताउँने गरेका छन् । नेपालीले मनाउने चाडपर्वका लागि आयात गरेको फर्मालिनयुक्त माला प्रयोग गर्नुपर्ने बाध्यतालाई भने कोशी प्रदेशको धरान उपमहानगरपालिकाले भने अन्त्य गर्ने सपना देखेको छ ।

धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङले फूल रोप्ने अभियान अघिल्लो वर्षदेखि नै थालेका हुन् । उनले सुनसरीको धरानस्थित खाली पाखाभित्ताहरुमा वृक्षरोपण गर्ने साथै सयपत्री, विभिन्न प्रजातिका फूलहरु रोप्ने अभियान चलाएका हुन् । विशेषतः तिहार लक्षित गरेर धरान–२० मा पर्ने श्रम संस्कृति पार्क आसपासका क्षेत्रमा वृक्षरोपण साथै सयपत्री फूल रोपिएको थियो ।
धराने जनताले बेहोर्दै आएको खानेपानी अभावको परिपूर्ति गर्ने एजेण्डा सहित स्थानीय निर्वाचनमा होमिएका मेयर साम्पाङ सोही एजेण्डालाई टेकेर श्रमदानको माध्यमबाट खोलाबाट खानेपानी आपूर्तिका लागि श्रमदानमा जेटेका छन् । त्यसो त श्रमदान अहिले अभियानकै रुपमा सञ्चालनमा आइरहेको छ । उनले श्रमदानका लागि अव्हान नै गरेका थिए । सोही अनुसार उनको आव्हानपछि धरानका स्थानीयबासी, धरान बाहिरका विभिन्न जिल्लाबाट समेत श्रमदानका लागि आउने गर्दछन् ।

तिहार लक्षित गरेर थुप्रै सयपत्री फूलको विरुवा रोपिएको भएपनि कतिपय गाइबस्तुको चरन क्षेत्रमा परेर जाग्न पाएन । केही स्थानमा ढकमक्क सयपत्री पूmल फुलेको मेयर साम्पाङ बताउँछन् । ‘हामीले थुप्रै सयपत्री फूलको विरुवा रोपेका थियौँ, केही गाइबस्तुले खाइदियो, सबैको जिविकोपार्जन गर्नुनै पर्यो,’ उनले सुनाए,‘त्यही पनि हामीले गरिरहेका छा,ैँकेही ठाँउमा छ फूलहरु फुलेको ।’

करिब ३ सय बिघाहामा रहेको श्रम संस्कृति पार्कमा रोपिएको फूल बिक्री नगर्ने सोच बनाएका छौं’ मेयर साम्पाङले भने पार्क क्षेत्रभन्दा माथिल्लो क्षेत्रको भने नागरिकले उपभोग गर्न पाउनेछन् । ‘हामीले पार्कमा रोपेको पहिलो पटकको फूल बिक्री गर्दैनौं, ँ, टिप्दैनौ त्यहाँ भन्दा माथिल्लो क्षेत्रको भने चाहिएको जति नागरिकले लान पाउँछन् ।’ उनले भने,‘निःशुल्क नै लग्न पाउनुहुन्छ ।’ स्थानीयस्तरको उत्पादन सुरुवात गरेसँगै आगामी वर्षदेखि फूल निर्यात गर्ने योजना बनाउने उनले दावी गरे । धरानमा स्थानीय उत्पादनको सन्भर्दमा फूलबाट बनिने ‘परफ्यूम’ उत्पादन गर्ने योजना रहेको र यसका लागि अध्ययन भइरहेको समेत बताए । यो धरानको जनतालाई जागरुक बनाउन उत्पादनको क्षेत्रमा बाटो देखाएको र धरानको माटो चिनाउने प्रयास भएको उनले भने ।

धरन उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले पनि पार्कका पाखाहरुमा सयपत्री फूलहरु फुलेको बताए । उनले भने,‘फूलहरु ढकमक फुलेका छन्, तर व्यवसायिक बनाउने विषयमा निर्णय भने भएको छैन ।’ खोलाको बगरलाई पर्यटकीय क्षेत्रका रुपमा रुपान्तरण गरिएको पार्कमा विभिन्न स्थानबाट भ्रमणका लागि समेत आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्