बन्दैछ, भत्कदैछ कोशी राजमार्ग

<span class='c1'>बन्दैछ, भत्कदैछ</span> <span class='c2'>कोशी राजमार्ग</span>

विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । त्रिदेशीय लाइफलाइन (चीन–नेपाल–भारत) जोड्ने सडक २०६९÷२०७० देखि सुरु भएको थियो ।

रानी–धरान ४९ किलोमिटर छलेन सडकको डीपीआर भएकोमध्ये ठेक्का व्यवस्थापन भएको ४२ किलोमिटर दुरीमध्ये सुनसरीको दुहबी बजार क्षेत्रको ६३० मिटर र धरानको तीनकुनेदेखि धरान जिरो किमीसम्मको ५ किलोमिटर दुरीको ठेक्का व्यवस्थापन भएको छैन ।

छलेन सडक आयोजना इटहरी कार्यालयका इन्जिनियर एवं सुचना अधिकारी प्रियंका झाका अनुसार अब धरानको ५ किलोमिटर र दुहबीको ६३० मिटर ठेक्का व्यवस्थापन नगरी हस्तान्तरण गरिने भएको हो । उहाँका अनुसार अहिले धरानको सेउतीदेखि धरानको तीनकुनेसम्मको साढे ५ किलोमिटरको क्षेत्र निर्माणाधिन चरणमा रहेको छ । यो दुरीमध्ये समेत तीन किलोमिटरमा एक साइड कालोपत्रे भईसकेको छ । सुनसरीको दुहबीमा १३७० मिटर दुरीको ठेक्का समेत व्यवस्थापन भईसकेको छ ।

सुचना अधिकारी झाका अनुसार निर्माण सम्पन्न भएको दुहबी खोलाको पुलसहित ८ अर्ब ६५ करोडको लागतमा ३६.३७ किलोमिटर सडकको काम सकिएको हो । निर्माण सकिएको सडक अब डिभिजन सडक कार्यालय विराटनगरलाई हस्तान्तरण गर्ने प्रक्रियामा जाने तयारी भईरहेको इन्जिनियर झाले जानकारी दिनुभयो । छलेन सडकको ४९ किलोमिटर दुरीको लागत दश अर्ब ९८ करोड रुपिँया रहेको थियो । सुनसरीको दुहबीमा ६३० मिटर ‘बिल्ट अप एरिया’ र धरानको तीनकुनेदेखि जिरोपोइन्टसम्मको ५ किलोमिटर साइड क्लियर नहुँदा ठेक्का व्यवस्थापन नभएको हो ।
आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको र निर्माणाधिन चरणमा रहेको सडक १७ वटा च्यानेज (प्याकेज)मा ठेक्का लागेको थियो । निर्माण सम्पन्न भईसकेको सडक निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण गरिसकेका छन् ।

हस्तान्तरण अगाडी नै भासियो
व्यापारिक मार्गको रुपमा परिचित यो सडकको निर्माण सम्पन्न भएको खण्ड हस्तान्तरण गर्नु अगावै भासिन थालेको छ । विराटनगर क्षेत्रमा कालोपत्रे भागेर सडक डाँडापाखा जस्तो भएको हो । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रे सडकमा सवारी साधन गुड्ने मुख्य केन्द्रभागमा टायरका डोब बनेका छन् ।
सुचना अधिकारी झाले भने निर्माण कम्पनीले शर्त अनुसार मर्मत गरेर हस्तान्तरण गरेको बताउनुभयो । अब सडकको मर्मतको काम हस्तान्तरण गर्नु अगाडीसम्म आयोजनाले नै गर्नुपर्ने हुन्छ । हस्तान्तरणपछि डिभिजन सडक कार्यालय विराटनगरले यसको मर्मत गर्नुपर्ने हुन्छ ।
विराटनगर भन्सार क्षेत्रदेखि रानी नहरसम्मको तीनकिलोमिटर र बरगाछी–ढाटसम्मको कालोपत्रे सडकमा पिच भासिएर यस अगाडी मर्मत गरिएको थियो । अहिले बजारमा सडकको मध्यभागदेखि पश्चिमतर्फको सडक भने कतै डाँडा कतै पाखा भएर भासिएको छ ।
आयोजना सुचना अधिकारी झाले छ लेनको सडकमा दुई लेन मात्रै प्रयोग भईरहेको दावी गर्नुभयो । छ लेनको सडकको प्रयोग प्रयोजन अनुसार सवारी व्यवस्थापन भएको भए त्यस्तो नहुने उहाँको भनाई छ ।

सडकको भारवहन क्षमता भन्दा दोब्बर वजन बोकेका मालवहाक सवारी भन्सार क्षेत्रबाट औद्योगिक क्षेत्रसम्म आउँदा त्योतर्फको भाग मात्रै भासिएको झा को बुझाई छ । तर, मालवहाक सवारीले अनलोड भएर फर्कने पूर्वतर्फको सडकका तीन लेनमा कम समस्या रहेको छ ।
विराटनगर भन्सार क्षेत्रबाट सुनसरी–मोरङ औद्योगिक करिडोरमा मालवस्तु बोकेर आउने सवारीले सडकको क्षमता भन्दा पाँच गुण बढी वजन बोक्ने गरेका छन् । सडकको भारवहन क्षमता सवारीको एक्सलदेखि एक्सलसम्म दश टन मात्रै रहेको छ । त्यसबेलाको डिजाइन अनुसार निर्माण भएको सडकमा त्यहि अनुसारको वनज भएका सवारीलाई मात्रै गुड्ने दिएको भन्दै यस्तो हुने थिएन, इन्जिनियर झाले भन्नुभयो–राजमार्ग व्यवस्थापन गरेर प्रयोग गर्ने सिस्टम त आयोजनाले बनाउने हैन । राजमार्गमा सवारी व्यवस्थापनको जिम्मा ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयको हुन्छ । यी कार्यालयले कति भार भएका सवारी सडकमा गुडिरहेका छन् भन्ने कुराको यकिन गरेर नियन्त्रण गर्नुपर्ने इन्जिनियर झाको बुझाई छ ।

भन्सार बिन्दुदेखि औद्योगिक क्षेत्रसम्म मात्रै समस्या
सडकमा भारवहन क्षमता भन्दा बढी भार (वजन) भएका सवारीको आवागमनको व्यवस्थापन नहुँदा विराटनगर भन्सार कार्यालयबाट सुनसरी–मोरङ औद्योगिक करिडोरसम्म एकातर्फको भू–भाग मात्रै बढी समस्या देखिएको छ । छ लेन सडकको केन्द्रभागको डिभाइडरबाट दायाँ–बाँया ३–३ लेन विभाजित छ । त्यसमध्ये नालातर्फको एक लेन पार्किङमा प्रयोग गरिएको, त्यसपछिबीचको भाग साना सवारी गुड्ने गरेको र सडकको केन्द्रभागबाट ठुला मालवहाक लगातार गुड्दा भासिएको भासिएको देखिन्छ ।

इन्जिनयिर झाले भारवहन नियन्त्रण र सडकको पार्किङ व्यवस्थापनपछि फराकिलो रुपमा प्रयोग गरे मात्रै टिक्ने दावी गर्नुभयो । भारतबाट बढी लोड लिएर भन्सार हुँदै औद्योगिक करिडोरका लागि छुटेका सवारी गुड्ने पश्चिम साइडमा सबैभन्दा धेरै समस्या देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्