नेपालीको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु, आज धन्तेरस

<span class='c1'>नेपालीको दोस्रो ठूलो पर्व तिहार</span> <span class='c2'>आजबाट सुरु, आज धन्तेरस</span>

नेपालीको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ ।

यमपञ्चकको पहिलो दिन लक्ष्मी उत्सव शुरु भएको मानिन्छ । यमपञ्चकको हरेक दिनको विशेष मान्यता रहेको छ ।

आज धन त्रयोदशी अर्थात धनतेरस विषेशगरि तिहारको किनमेलका लागि उपयुक्त दिनका रुपमा मानिन्छ । यसैले आज बजारमा किनमेल गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।आजको दिन किनमेल गरिएका सामान राखेर धनकी देवी लक्ष्मीको पुजा गरेमा माता खुशीभइ धनधान्यले पूर्ण हुने धार्मिक विश्वास रहेको छ ।

आजको दिन देवी लक्ष्मी र भगवान गणेशको मूर्ति घरमा ल्याउँदा शुभ हुने मानिन्छ । यसैगरि, आज खरिद गरिएका भाँडाकुडा र आभूषण अरुलाई नदिइ आफुले नै राख्नुपर्ने मान्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्