विराटनगर । स्वर सम्राट नारायण गोपालका कालजयी गीत मंगलबार आरोहण गुरुकुल विराटनगरमा गुन्जिएका छन् ।
स्वरसंगम संगितालय विराटनगरले स्वर्गीय नारायण गोपालको ३३ औँ स्मृति दिवसको अवसरमा आयोजन गरेको सांगीतिक कार्यक्रममा प्रशिक्षार्थी बाल तथा युवा कलाकारबाट पस्किएको हो ।
गुरुकुलमा कलाकारले शास्त्रीय संगित प्रस्तुत गर्दै सांगीतिक माहौल बनाएका थिए । संगितालयमा संगित प्रशिक्षण लिईरहेका कृतिका ढकाल र माहि अटल (गायन) कन्चन काफ्ले र जानुका राजबंशी (तानपुरा) हारमोनियम आयुसा चापागाईं र तबलामा विकास मिश्रले भूमिका निभाएका थिए ।
त्यसपछि बाल कलाकार ज्योतिश्री राजबंशीले 'केही मिठो बात गर' भन्दै हललाई गुनगुनाहट बनाईन् । सुर्य धिमालले 'मलाई नसोध कहाँ दुख्छ घाउ' पस्किए ।
गुरुकुलमा विराटनगर महानगरका प्रमुख नागेश कोईराला कलाकारको प्रस्तुतिमा डुबेका थिए । उनले गायनमा नारायण गोपाल तीन पुस्तामा कालजयी रहेको बताए । क्रमशः 'माया गर्नेको साँचो माया पनि देखियो' बाट उदाए मन्चमा जानुका राजबंशी र रेमन मगर ।
'तिमी लाई म के भनौं' निसा लालवनीले हललाई बारम्बर प्रश्न सोधिन् । फूल र जुनको उपमा खोजिरहिन् र स्वर सम्राट नारायण गोपालसँगको सांगीतिक सामिप्यता दर्शाइन् ।
युगल प्रस्तुतिमा फेरि आए 'तिम्रो मनमा लुकेको कुरा' खोज्दै राधाकृष्ण श्रेष्ठ र कन्चन काफ्ले । उनीहरुले भुल्ने र सम्झनेको मायाका मनहरु खुशी तुल्याए ।
यति धेरै माया दिई, मनभरी दुःख नदेउ.. आयुसा चापागाईंले आफ्नो प्रस्तुतिमा माया बाँडिन् । श्रोतामा संगितको मोह बढ्दै थियो । चापागाईंले आफ्नो मसिनो गलाबाट निकालेको तिख्खर आवाजले गुरुकुल नाटक घरको हलमा थप सांगीतिक वातावरण बनेको थियो । आफ्ना पराई र पराई आफ्ना देखेका पलहरुले नारायण गोपालका पालाका प्रेममय कहानीलाई समेत पुर्नताजगि गराएको थियो ।
'प्रियसीका यादहरु' ले प्रेममा बाँधिएका पलहरुलाई स्मृतिमा दर्शाउन खोजेका थिए, ज्योती राजबंशीले ।
सुमित्रा अग्रवालले चाँदनी शाहको रचना 'एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा' गीत पस्केकी थिइनन् । उनले चाँदनी शाहले स्वर सम्राटसँगको सामिप्यता दर्शाउन रचेको गीतमार्फत त्यो बेलाको केमिस्ट्री फ्यूजन गरेकी हुन् ।
पिउँदा-पिउँदै- सौगात बराइलीले गाएपछि,
माही अटलले 'कसरी म भुँले, के मा भुले' बोलको गीतमा स्वर भरिन् र नारायण गोपाललाई स्मरणमा ल्याइन् ।
संगिता माझीको 'झरेको पात झैँ भयो' सकिएपछि
फेरि फर्किइन् कृतिका ढकाल 'सावनको झरी बन्दै तिमी आउ न' बोलमा ।
प्रकृति र प्रेम झल्काउने संगितको भाका टिपेर उनले हललाई अन्तिम समयमा समेत उर्जा थपिदिइन् । उनी शास्त्रीय संगितमा समेत आफ्नो स्वरलाई तिखारिरहेकी छिन् । गायनमा संभावना खोजिरहेकी ढकाल आफ्ना भाकामा मिठास छोड्न सक्ने क्षमता राख्छिन् ।
सांगितीक कार्यक्रमको अन्त्यमा ‘मोहनी लाग्ला है’ भन्दै आमा–छोराले मन्चलाई भव्यतापूर्वक समापन उन्मुख गराएका थिए । सरला पोखरेल र सौम्य पोखरेलले आफ्नो प्रस्तुतीमार्फत स्वरसंगमले आयोजना गरेको नारायण गोपालको स्मृतिलाई मनमा राख्न आह्वान गरेका थिए ।
आफ्नो जीवनको फेरो संगितमा लगाइरहेका संगीतालयका संस्थापक कुशेश्वर राई समृद्धि कला र संस्कृतिमा समेत रहेको बताउँछन् ।