-अरूण खड्का
तिम्रो पिरले गाउँ छोडेको धेरै भयो,
स्वजनसंग नाता तोडेको धेरै भयो।
मन त थियो नि हाँसीखेली रमाउने,
हर्ष उमंगले बाटो मोडेको धेरै भयो।
मुख छोपेर हिड्न थालेको छ सत्य,
झूटैझूटले फसल गोडेको धेरै भयो।
सम्झनै चाहँदैन यो मन ती दिनहरू,
अतितले घुम्टो ओडेको धेरै भयो।
बाटो छेक्न आउछन् आफ्नै बिगत,
उल्झनसंग नाता जोडेको धेरै भयो।