प्राज्ञिक विद्यार्थी परिषदद्वारा राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण सुरु

<span class='c1'>प्राज्ञिक विद्यार्थी परिषदद्वारा राष्ट्रव्यापी</span> <span class='c2'>शैक्षिक सर्वेक्षण सुरु</span>

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण सुरु गरेको छ ।

आइतबारदेखि परिषद्ले कोशी प्रदेशसहित देशभर एकैसाथ शैक्षिक सर्वेक्षण सुरु गरेको हो ।

परिषद् कोशी प्रदेशले आज पहिलो दिन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट विराटनगरका विद्यार्थी तथा प्राध्यापकलाई सर्वेक्षण फारम भराएको परिषद्का राष्ट्रिय सचिव विवश कटुवालले जानकारी दिए ।

शिक्षा क्षेत्रको समग्र सुधार गर्ने उद्देश्यका साथ सुरु गरिएको सर्वेक्षणमा १४ वटा प्रश्न समावेश गरिएको उनले बताए ।

प्रश्नावलीमा उच्च शिक्षामा विद्यार्थी घट्दै जानु, शिक्षाको गुणस्तर, राजनीतिक हस्तक्षेपलगायतका विषय समावेश गरिएको परिषद्ले जनाएको छ । सर्वेक्षण अभियान पौष १५ गतेसम्म संचालन हुने कटुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्