वर्ल्डलिंकको एक्स्पो अफर : मासिक ९६० रुपैयाँमा १५० एमबिपिएस ईन्टरनेट र नेटटिभी

<span class='c1'>वर्ल्डलिंकको एक्स्पो अफर : मासिक ९६०</span> <span class='c2'>रुपैयाँमा १५० एमबिपिएस ईन्टरनेट र नेटटिभी</span>

विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ‘मोरङ व्यापार ट्रेड एक्स्पो’मा इन्ट्रान्सको पाँचौ स्थान एन ५ मा आफ्नो स्टल राखेको छ।

एक्स्पोमा १५० एमबीपिएसको ११५०० रुपैयाँमा १२ महिना ईन्टरनेट र नेटटिभी उपलब्ध गराउने जानकारी दिएको छ । यसमा भ्याट अतिरिक्त लाग्नेछ । साथै अन्य प्याकेजहरुमा १० प्रतिशतसम्म छुट गरिएको र ५० प्रतिशत छुटको एयरबोट पनि एक्स्पोबाटै बुकिङ गर्न सकिनेछ ।

एक्स्पोमा भिजिट गर्ने ग्राहकहरहरुलाई नि:शुल्क अनलिमिटेड ईन्टरनेट प्रदान गरिरहेको वर्ल्डलिंकले आफ्ना ग्राहकहरुलाई भारि छुट दिनको लागि २०० एमबिपीएस वा सो भन्दा माथि व्याण्ड्विथ लिने सबै ग्राहकलाई नि:शुल्क नोकियाको बिकन १.१ राउटर दिने जानकारी दिएको छ । विद्यार्थी थोरै युजर हुने घरायसी उपभोक्ताका लागि मासिक ६ सय रुपैयाँ पर्ने गरेर वर्ल्डलिंकले ५० एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउन सकिने जनाएको छ।

घरायसी उपभोक्ताका लागि १२० एमबिपिएस गतिको इन्टरनेट मासिक ८ सय रुपैयाँमा २०० एमबीपिएसको इन्टरनेट, मासिक एक हजार ५० रुपैयाँमा र ३०० एमबीपिएसको इन्टरनेट मासिक एक हजार १ सय ५० रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

२०० एमबिपिएसदेखि माथिका सबै इन्टरनेट प्याकेजमा वाईफाई कभरेज पर्याप्त होस् भनेर नोकियाको बिकन १/१ पनि नि:शुल्क उपलब्ध गराउने वर्ल्डलिंकले जनाएको छ।

वर्ल्डलिंकले साना तथा मझौला उद्योग होटल रेष्टुरेन्ट र कार्यालय आदिलाई केन्द्रित गरेर मासिक दुई हजार रुपैयाँमा ५० एमबिपिएसको सेमी डेडिकेटेड , मासिक तीन हजार रुपैयाँमा ७५ एमबिपिएस, मासिक चार हजार रुपैयाँमा १०० एमबिपिएस र ६ हजार ५ सय हजार रुपैयाँमा १५० एमबिपिएसको स्पिड उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्