सडक निर्माण मात्रै विकास होइन, उत्पादनमा पनि सरकारले जोड दिनुपर्छ

<span class='c1'>सडक निर्माण मात्रै विकास होइन,</span> <span class='c2'>उत्पादनमा पनि सरकारले जोड दिनुपर्छ</span>

सुजता लिम्बू
विराटनगर । आमाको आँखा अझै आँशुले ओभाएको थिएन । घरीघरी गाडीको झ्यालबाट बाहिर हेर्दै टोलाइ रहदा बाले झक्झकाई रहन्थे । हिउ झै सेतामे कपाल, छाला चाउरिएर सोरिएको अनुहार तर बाआमाको प्रेमिल जोडी उही तरुनो बेलाको झैँ थियो । ती बाआमा तीनदिन अगाडी मात्रै छोरालाई दुवई उडाएर काठमाडौँबाट फर्किएका रहेछन् ।

भोजपुरका दिलबहादुर खड्का उमेरले ६५ वर्ष पुगिसेका रहेछन् । त्यसो त उनले गरिखाने उमेर हुँदा भोजपुरदेखि संखुवासभा, धनकुटा जिल्लाका हाटबजार सम्म सूर्तीको व्यापार गरेर घर परिवार धानेका थिए । आफ्नै माटोमा उत्पादन भएको बस्तु बिक्री गरेर हुर्काएको छोराले भने नेपालको माटोमा भविष्य नदेखेपछि परदेश पठाउने निर्णय गरेको उनले सुनाए ।

तत्कालिन समय विकास र समृद्धिको आँखाले नदेखेको भोजपुर र संखुवासभाको भौगोलिक बनावोट त्यति सहज पनि थिएन ।
त्यही अप्ठयारो बाटो र परिस्थितिहरुलाई छिचोल्दै जीवनको आरोहअवरोह पार गरेका खड्का बाले देशको थुप्रै राजनीतिक परिवर्तनको स्वाद चाखिसकेका छन् ।

पञ्चायती व्यवस्थादेखि अहिले देश संघीयतामा प्रवेश गर्दा जनताले देशको व्यवस्था परिवर्तनको पाटो फरक अनुभुति गरेको भएपनि अवस्था उही रहेको सुनाए । सुनसरीको धरानदेखि धनकुटाको लेगुवासम्म आइपुग्दाको संवादमा खड्का बा ले देशको राजनीतिक नेतृत्वको सुझबुझ कम हुँदा जनताले दुखपाएको गुनासो मात्रै सुनाए । खेतको डिलमा डोजर लाग्नु र बाटो निर्माण हुनुमात्रै विकास र समृद्धि नभएको बताउदै उनले उत्पादन तर्फ पनि सरकारले जोड दिनुपर्ने बताउछन् ।

उनी भन्छन्,‘उहीले हामी उमेर छँदा खेतबारीमा फलेको बदाम, सूर्ती बेचेर घर गृहस्थ राम्रासँग चलाएका थियौँ मधेसमा माटो जोडेको थिए अहिले हाम्रै सन्तानले आफ्नो माटोमा भविष्य देख्न छोडे ।’गाउँका बलियो युवा जति विदेश पलाय हुने प्रवृत्ति बढेकाले खेताला पाउन समेत मुस्किल भएको उनी सुनाउछन् । कुनै समय लेगुवा बेसीबाट मुरीका मुरी अन्न थन्क्याउने खड्का बा अहिले मधेसको चामलमा आश्रीत छन् । त्यसो त उनी छेवैको सिटमा बसेका तिर्थ बस्नेतको पनि कथा व्यथा उस्तै रहेछ । ५ वर्ष अगाडी छोरा कतार उडेसँगै बुहारी नाती पढाउन सदरमुकाम बस्दै आएका रहेछन् । लेगुवा पारी (धनकुटा जिल्लादेखि पारी जरायोटार) का उनी उही नाती र बुहारीलाई गाँउमा उत्पादन भएको सागसब्जि पर्याएर गाँउ फर्किएको उनले सुनाए ।

उनी भन्छन्,‘छोरो विदेश गएसी बुहारी केलाई गाँउमा बस्न मान्छन् र नातानातीनी पढाउने भन्दै शहर पस्छन् किनेर खान्छन् उत्पादन हुने जग्गा सबै बाँजो यस्तै छ ।’ त्यसो त हिँडेर तीनदिन लाग्ने ठाँउमा सडक पुगेको छ । बिजुली बत्तीको उज्यालो हेर्न धनकुटालाई नियाल्नुपर्ने भोजपुर अहिले झलमल भएको छ तर युवा विदेश पलायन र जथाभावी डोजरे विकासले उत्पादन घट्दै गएको उनी बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्