विराटनगर । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको ९३ जना नै सांसदले मतदान गरिसकेका छन् । कोशीको ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद छन् ।
कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
कोशी प्रदेशमा सत्ता गठबन्धनबाट काँग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पा कार्की उम्मेदवार छन् भने एमाले–राप्रपा गठबन्धनबाट एमालेकी रुक्मिणी कोइराला र राप्रपाका उद्धव पौडेल उम्मेदवार छन् ।
१३ः२५ बजेसम्म स्थानीय पालिकाका प्रमुख र उप्रमुख गरी २ सय ६९ जनाले मतदान गरेका छन् । कांग्रेसका प्रमुख–उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन् । कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४२४८, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १२७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।