आईएसएमटी कलेजका ३१९ विद्यार्थी दीक्षित

<span class='c1'>आईएसएमटी कलेजका ३१९</span> <span class='c2'>विद्यार्थी दीक्षित</span>

काठमाडौं । काठमाडौं स्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजका ३१९ जना विद्यार्थी दीक्षित भएका छन् ।

माघ १२ गते होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहबीच बीबीए, बीएचएम, बीएस्सी आईटी (सीएसई) उत्तीर्ण ३१९ जना विद्यार्थीहरुलाई दीक्षित गरिएको कलेजले जनाएको छ ।

समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई युनिभर्सिटीले विशेष अवार्ड समेत प्रदान गरिएको थियो ।

दीक्षान्त समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेन, सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि, अविभावकहरुको उपस्थिति रहेको थियो ।

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बीबीए, बीएचएम, बीएस्सी आईटी (सीएसई), बीएस्सी (हन्स) साइबर सेकुरेटी एन्ड डिजिटल फरेन्सिक्स र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्