विराटनगर–१० बाट १२१ केजी गाँजा बरामद : प्रहरी सहायक हवल्दार चौधरीसहित चारजना पक्राउ

<span class='c1'>विराटनगर–१० बाट १२१ केजी गाँजा बरामद :</span> <span class='c2'>प्रहरी सहायक हवल्दार चौधरीसहित चारजना पक्राउ</span>

विराटनगर । विराटनगर–१० तीनटोलियाबाट १२१ केजी गाँजासहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरीका सहायक हवल्दार ३६ वर्षीय रविन्द्र चौधरी समेत रहेका छन् । बाराको कोलबी–९ घर भएका चौधरी तालिम केन्द्र रानीमा होजियारीको काम गर्दै आएका थिए ।

उनी बाहेक विराटनगर–१६ का २४ वर्षीय राजकुमार मण्डल, २० वर्षीय उमेश राजबंशी, विराटनगर १३ का २४ वर्षीय रामअवतार साह समेतलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयले म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

सशस्त्र प्रहरीको टोलिले गाँजासहित पक्राउ गरेका उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङलाई बुझाएको हो । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्