जनहितकारी कामहरु सुनुवाइ नभए सदनमा अनशन बस्ने सांसद खानको चेतावनी

<span class='c1'>जनहितकारी कामहरु सुनुवाइ नभए सदनमा</span> <span class='c2'>अनशन बस्ने सांसद खानको चेतावनी</span>

काठमाडौं । जनता समाजवादीका सांसद अब्दुल खानले जनहितकारी कामहरु संसदमा सुनुवाई नभएको गुनासो गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले जनहितका कामहरु अब पनि समयमा नै सुनुवाइ नहुने हो भने सदनमा अनशन बस्न तयार रहेको बताए ।

उनले भने, ‘बर्दिया जिल्लामा निरन्तर रुपमा बाघसहित वन्यजन्तुको आक्रमण रोकियोस् भनेर सदनमा पटक पटक आवाज उठाएको छ । बर्दिया जिल्लाकै गुलरिया नगरपालिका र बारा बर्दिया नगरपालिका जोड्ने पुल निर्माणको निम्ति आवाज उठाएर अनशन समेत बस्दा त्यो कुराको सुनुवाइ भएको छैन । यस्ता जनहितकारी कामहरु सुनुवाइ नहुनु दुःखको कुरा हो ।

यस्ता कामहरु अब समयमा नै भएन भने यो सदनमा म पनि अनशन बस्न तयार हुन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्