विराटनगर । मोरङको रंगेली नगरपालिका-७ स्थितबाट हरिणको सिङ र लागुऔषध गाँजासहित एक जना महिला पक्राउ परेकि छिन्।
मंगलबार दिउँसो बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो ६९७ ग्राम गाँजा बरामद गरेको हो ।
अवैध रुपमा हरिणको सिङ र गाँजा बरामद भएसंगै पक्राउ परेकी सागर देवी यादवको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।