विराटनगरमा कुकर आतंक मच्याउने दुईजना शैक्षिक संस्थामा चन्दा माग्दै धम्किदिन्थे

<span class='c1'>विराटनगरमा कुकर आतंक मच्याउने दुईजना</span> <span class='c2'>शैक्षिक संस्थामा चन्दा माग्दै धम्किदिन्थे</span>

सुजता लिम्बू
विराटनगर । शंकास्पद तरिकाले प्रेसर कुकर राखेर आतंक मच्याउने दुईजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ।

आज (मंगलबार) मोरङ प्रहरीले पक्राउ परेको दुईजनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिका-१ गजुरमुखी घर भई हाल काठमाण्डौस्थित भिमसेनगोला डेरा बस्ने ३८ वर्षिय प्रवीण मिश्र र पाँचथर जिल्ला च्याङ्थापु- १ का ३० वर्षिय विपिन अधिकारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले केही समयदेखि मोरङ र छिमेकी जिल्लाहरुमा रहेको शैक्षिक संस्थाहरुमा भूमिगत संगठनका नाममा महासचिव महाविरको दस्तखत भएको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) लेखिएको लेटर प्याड प्रयोग गरी चन्दा माग गर्दै आएका थिए ।

विराटनगर- ३ मा प्रेसर कुकरलाई कालो टेपले बेरेर राखेको अवस्थामा फेला परेको सोही घटनामा संलग्न दुईजना अधिकारी र मिश्र रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए ।

उनीहरुले कुकरबम जस्तो देखिनेगरी चौरीमा लुकाई राखेको र स्थानीयबाट शंकास्पद वस्तुबारे जानकारी भएपछि मोरङ जिल्लामा तैनाथ भैरव गण थलाहाबाट खटिएका बम डिस्पोजल टोलीले उक्त बस्तु डिस्पोज गरेका थिए ।
विराटनगर ३ भुपि मार्गमा भेटिएको कालो टेपले बाँधिएको प्रेसरकुर भित्र साबुन, ईट्टा र ढुङ्खा लगायतका समान फेला परेको थियो ।

चन्दा माग्दै धाकधम्कि दिँदै आइरहेको थिए

पक्राउ परेको अधिकारी र मिश्रले जबरजस्ती चन्दा माग गर्ने र धाकधम्कि दिँदै आइरहेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विराटनगरमा रहेको लर्डबुद्ध कलेजका प्रिन्सिपललाई चन्दा माग्ने र नदिएको खण्डमा धाकधम्कि दिन उक्त शंकास्पद बस्तु बनाएको थियो । चन्दा माग गर्दै धम्कि दिएको गाप्य सूचन आएपछि सोही आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको एसपी पोखरेलले जानकारी दिए । पक्राउ परेका मिश्र माओवादी केन्द्र झापा जिल्ला सचिव समेत हुन् ।

प्रहरीको अनुसार मिश्रलाई मोरङ प्रहरीले सुनसरीबाट सोमबार पक्राउ गरेको हो । पक्राउ परेका विपिन अधिकारीको साथबाट मुक्तिनाथ प्रकाशन गृहको प्रेसकार्ड समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै मिश्रको साथबाट विष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्त लम्बाई रहेको डेडकर्ड , सोडा २ केजी , सहयोग रसिद ठेली २ थान , आर्थिक सहयोग सम्बन्धि लेखिएको महाबीर महासचिव भन्ने नेपाल कम्यूनिष्ट पार्टी (मओवादी) देखिएको पत्र ५ थान , मोबाइल तीन थान लगायतका समाग्रीहरु बरामद भएको जिल्लो प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्