अफ्रिकन स्वाइन फिभर र रोकथाम

<span class='c1'>अफ्रिकन स्वाइन फिभर</span> <span class='c2'>र रोकथाम</span>

अफ्रिकन स्वाइन फिभर (African swine fever ) सुँगुर र जंगली सुँगुरको भाइरल रोग हो । यो रोग African swine fever virus ले गर्दा लाग्दछ । यो भाइरस Asfarviridae family, DNA type को भाइरस मा पर्दछ । यो रोग पहिलो पटक केन्या( Kenya) मा सन् १९२१ मा देखिएकाे भनी OIE ( Office International des Epizooties) ले जनाएको छ।

यस रोगको संक्रमण हाल विश्वभरि नै रहेको छ ( अमेरिका, क्यानाडा, मेक्सिको, अष्ट्रेलिया, न्यू जिएल्याण्ड मा रोगको प्रकोप रिपोर्ट गरिएको छैन) । यो रोग नेपालमा जेठ २ ,२०७९ मा काठमाडौं भ्यालीमा देखिएकाे नेपाल सरकारले पुष्टि गरेको थियो र त्यस पछि धेरै जिल्ला हरु ( मोरङ, झापा, सुनसरी, कास्की, कैलाली , बर्दिया, स्याङ्जा, बारा आदि) मा देखिएकाे छ ।  हालै २१ माघ , २०८० देखि यता नेपालको गण्डकी, बागमती , कोशी प्रदेश,लुम्बिनी ,कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशमा प्रकोप दाखिदै गरेको पशु सेवा विभागले जनाएको छ । यो रोगलाई सुँगुरको हैजा पनि भनिन्छ ।

यो रोगले बंगुरहरु शतप्रतिशतसम्म मृत्यु हुन सक्छ। यो भाइरस मानिसहरुमा मा सर्दैन । African swine fever रोग घरेलु सुँगुर र जंगली सुँगुरहरूमा सबैभन्दा विनाशकारी रोगहरू मध्ये एक हो, जसले पोर्क उद्योगको लागि उच्च आर्थिक नोक्सान गर्ने गर्दछ । African swine fever द्वारा प्रभावित क्षेत्रहरूमा सुँगुरहरू आवतजावत प्रतिबन्ध गरिने र अन्य पशुहरूको बथ गर्ने कारणले गर्दा किसानहरूलाई महत्त्वपूर्ण आर्थिक नोक्सान हुने गर्दछ । यो रोग अत्यधिक संक्रामक भएको कारणले गर्दा संक्रमण दर धेरै नै हुने गर्दछ ।

स्वस्थ सुँगुर र जंगली सुँगुर सामान्यतया निम्न द्वारा संक्रमित हुन्छन्:
संक्रमित जनावरहरूसँग प्रत्यक्ष सम्पर्क बाट ( oronasal secretion , blood , diarrhea, tissues, dead animal, feces आदि) र सवारी साधन , मानिसको लुगा वा उपकरणको अप्रत्यक्ष सम्पर्कबाट भाइरस एक पशुबाट अर्को पशुमा वा एक स्थानबाट अर्को स्थानमा सर्ने गर्दछ । याे रोग किर्ना ( Ornithodoros) तथा लामखुट्टे र अन्य biting flies( stomoxys) को टोकाइबाट संक्रमित सुँगुरबाट स्वाथ्य सुँगुर मा पनि सर्ने IOE ले दाबी गरेको छ । यो रोग उन्मूलन गर्न धेरै वर्ष लाग्न सक्छ ।

यो रोग लगाउने भाइरस चिसो ठाउँमा ( low temperature) मा ७ दिन, संक्रमित खोरमा महिनौ, ब्लड( blood) मा १८ महिना सम्म, Pork product मा १००० दिन र refrigerator मा रहेको मासुमा धेरै वर्ष सम्म भाइरस जीवित रहन सक्छ । जसले गर्दा यो रोगको रोकथाम चुनौती बन्न सक्दछ । भाइरस ले सङ्क्रमित मासु ७० डिग्री सेल्सियसमा ३०-४० मिनेट पकाइयो भनी भाइरस मर्ने गर्दछ ।

रोगका लक्षणहरू :

African swine fever को विशिष्ट लक्षणहरूमा ज्वरो, गर्भपात, रक्तस्राव र अचानक मृत्यु समावेश छ।अत्यधिक संक्रामक र प्रायः घातक रोग, संक्रमण भएको ४-५ दिनपछि सुरु हुने र ज्वरो आउने र त्यसपछि सुस्त हुने, सास फेर्न गाह्रो हुने, बान्ता हुने, खोकी लाग्ने, नाक र आँखाबाट excretions बाहिर निस्कने, गर्भावस्थामा गर्भपतन, पशुको खुट्टा , पुछार, कान, नाक मा साइनोसिस हुने र ७ दिनभित्र मृत्यु हुने गर्छ। लामो समयदेखि प्रभावित सुँगुरहरू कमजोर हुन्छन् र प्रायः छालामा घाउ भएर लङ्गडा हुन्छन्। उपचार: याे रोग भाइरस को संक्रमणबाट लाग्ने गर्दछ । लक्षण देखिन थालेमा उपचार सम्भब छैन तर अन्य कुनै ब्याक्टेरियल इन्फेक्सन नहोस् भन्नका लागि एन्टिबायोटिक औषधि प्रयोग गरिन्छ।

रोगको रोकथाम कसरी गर्ने ?

यो रोगको कुनै उपचार र भ्याक्सिन हाम्रो देशमा नभएकोले गर्दा  नियन्त्रण गर्न कठिन मानिन्छ । रोगबाट बच्न संक्रमण मुक्त फार्मबाट मात्र सुँगुरको पाठापाठी ल्याउने, सरसफाइ र दानापानीमा विशेष ध्यान दिनुपर्दछ । यसको अलवा संक्रतिम पशुलाई फार्मबाट जति सक्दो चाँडो निकाल्नु पर्दछ जसले गर्दा रोग को प्रकोप घटाउन सकिन्छ।

प्रभाकर कट्टेल DVM final year student Bangladesh Agricultural University, Bangladesh

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्