विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित

<span class='c1'>विश्वकप लिग–२ को पहिलो खेलमा</span> <span class='c2'>नेपाल नामिबियासँग ४ विकेटले पराजित</span>

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अल आउट हुँदै १३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै जान निकोलले ३१ रन, माइकल भान लिनगेनले २३ रन तथा निकोलास डाविनले १५ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए । रोहित पौडेले पनि एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए ।

त्यस्तै, गुलसन झाले २१ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्