विराटनगरको ‘अचेत नागरिक समुह’ आज पनि नहरमा (फोटो फिचर )

<span class='c1'>विराटनगरको ‘अचेत नागरिक समुह’ आज</span> <span class='c2'>पनि नहरमा (फोटो फिचर )</span>

विराटनगर । मोरङ सुनसरी सिचाइ योजनाबाट बग्ने कोशी राजमार्ग अन्तर्गतको हाइवे पश्चिम नहर सरसफाई अभियानमा विराटनगरका युवाहरु विगत ३ हप्तादेखी लागि परेका छन् ।


दीर्घकालीन योजनासहित नहर सरसफाइ गर्ने अभियानमा जुटेको विराटनगरको अचेत समुहले आज शनिबार पनि विभिन्न सामाजिक संघसस्थाहरुसँग मिलेर नहरको सरसफाई अभियानमा जुटेको छ ।

विराटनगर महानगरपालिकाको सहयोगमा युवाहरुको समुह ’अचेत नागरिक समुह’ र ’ पाइला परिवर्तनको लागि’ लगायत अन्य विभिन्न संघसस्थाहरु मिलेर विराटनगर ४ स्थित नोवेल हस्पिटल अगाडीको नहरबाट सुरु भएको कार्यक्रमलाई निरन्तर दिईरहेका छन् ।


गत माघ २० गते सुरु गरिएको कार्यक्रमलाई निरन्तरता दिदै अगाडी बढ्ने अचेत नागरिक समुहका अध्यक्ष सविन घिमिरेले जानकारी दिए ।
नोबेल गेटदेखि केशलीया मार्गको पुलसम्म पुर्ण रुपमा सरसफाइ, रङरोगन , बोटविरुवा रोप्ने, बारबेर गर्ने काम गरी सो क्षेत्रलाई नमुना नहर बनाउने र त्यसको नियमित संरक्षण र निरिक्षण गरिने र प्रत्येक शनिबार सरसफाइ अभियानमा जुटिरहेका छौँ घिमिरेले भने, यसमा तपाई विराटनगरवासी सबैले साथ दिनु आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्