विराटनगर । ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा इनरुवामा ३ सय जना भन्दा बढी धावकहरूको सहभागितामा सोमबार दोस्रो इनरुवा रन सम्पन्न भएको छ ।
इनरुवा नगरपालिकाको सहयोग तथा इनरुवा इभेन्ट म्यानेजमेन्ट आयोजनामा सम्पन्न भएको दोस्रो इनरुवा रन इनरुवाको लक्ष्मी नारायण मन्दिरदेखि इनरुवाको सखुवा गाछीसम्म ५ किलोमिटरको दौड प्रतियोगिता गरिएको हो ।
उक्त रनमा ५ किलोमिटर खुल्ला पुरुषतर्फ नरेन्द्र सिंह रावत प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी नागेश्वर आरी द्वितीय, मिङमार सिंह तामाङ तृतीय स्थान प्राप्त गर्न सफल भए । प्रथम,द्वितीय र तृतीयलाई क्रमश : २५ हजार,१५ हजार,१० हजार रुपैयाँ नगद र मेडल प्रमाणपत्र वितरण गरिएको कार्यक्रम संयोजक राकेश निरौलाले जानकारी दिए।
सोही दौडमा महिला तर्फ सरस्वती चौधरी प्रथम स्थान प्राप्त गर्न सफल भइन । त्यसैगरी अण्डर १६ पुरुषतर्फ विवेक आङबाङबो प्रथम,राजेश लिम्बू द्वितीय र शिव कार्की तृतीय स्थान प्राप्त गर्न सफल भए । इनरुवाभित्रको मात्रै पुरुषतर्फ आमोद खत्बे प्रथम,युवराज हाङबाङ द्वितीय र अनिल मण्डल तृतीय भएका छन्। भेट्रान पुरुषतर्फ धर्म महर्जन प्रथम भएको आयोजकले जनाएको छ।
३७५ जना धावकहरू दौड प्रतियोगितामा सहभागिता रहेको संयोजक निरौलाले बताए।