विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि राष्ट्रिय टी–२० प्रतियोगीता सञ्चालन हुने भएको छ ।
क्रिकेट संघ मोरङको आयोजनामा राष्ट्रिय टी–२० प्रतियोगीता च्याम्पियनसिप हुने भएको हो ।
उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
फागुन २२ गतेदेखि चैत्र ३ गतेसम्म प्रतियोगिता विराटनगरको बैजनाथपुर रंगशालामा हुनेछ । क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीका अनुसार विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा हुने प्रतियोगितामा ३ विभागीय र ७ वटा प्रदेशस्तरीय टिमको सहभागिता रहनेछ ।
उनका अनुसार दैनिक २ वटा खेलहरु हुने छन् । पहिलो खेल बिहान १० र दोस्रो दिउँसो २ बजेबाट हुने जनाइएको छ ।
प्रतियोगिताका विजेता टिमले नगद पुरस्कार ५ लाख र उपविजेताले ३ लाख र ट्रफी प्राप्त गर्नेछ ।