झापा गोल्डकप : एपीएफलाई ११ हजार जरिवाना

<span class='c1'>झापा गोल्डकप : एपीएफलाई</span> <span class='c2'>११ हजार जरिवाना</span>

बिर्तामोड । झापा गोल्ड कप आयोजक कमिटीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई कारवाही गरेको छ ।

सोमबारको खेलमा एपीएफले खेल अनुसासन उल्लङघन गरेको भन्दै गोल्डकप आयोजकले कारवाही गरेको हो ।सेमिफाइनलमा प्रवेश गरेको एपीएफले सोमबार भएको खेलमा जर्सीसम्बन्धी नियम उल्लङघन गरेको थियो ।

खेलाडीको नम्बर नभएका जर्सी भएका कारण सेतो टेप टाँसेर नम्बर बनाइएको थियो । टेप पनि बीचमा उक्किदाँ केही समय खेल अवरुद्ध भएको थियो ।
एपीएफको त्यस गतिविधिको दर्शकबाट चर्काे आलोचना भएको थियो । मंगलबार बसेको प्राविधिक कमिटी र गोल्डकप आयोजक समितिको बैठकले एपीएफले गोल्डकप आयोजनाको नियम १० बमोजिम खेलाडीको जर्सीको रङग सम्बन्धी नियम उल्लङघन गरेको ठहर गरेको छ ।
एपीएफमाथि गरेको कारवाहीको जानकारी अखिल नेपाल फुटबल संघलाई दिइएको छ ।

एपीएफलाई प्रतियोगिताको नियमावलीको दफा २३ (ख) बमोजिम कारवाही गरिएको हो । एपीएफले आगामी दिनमा त्यस्तो गल्ती दोहोरिन नदिने लिखित प्रतिबद्धता आयोजक समक्ष गर्नुपर्ने निर्देशन दिईएको छ ।

त्यसैगरी ११ हजार रुपैया जरिवाना गर्ने निर्णय भएको अध्यक्ष बिनोद बस्नेतले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्