विराटनगर । विराट मेडिकल कलेज टिचिङ अस्पतालको आयोजनामा फागुन २५ गते बीएमटीसीएच क्रिकेट कार्निभल हुने भएको छ ।
विराट मेडिकल कलेजको प्ले ग्राउण्डमा हुने खेलमा विराटनगरका विभिन्न स्वास्थ्य संस्थाहरुबीच मैत्रीपूर्ण प्रतिष्पर्धा हुने जनाईएको छ ।
उक्त प्रतियोगितामा विराटनगरको दिब्य ज्योती अस्पताल, गोल्डेन अस्पताल, नेपाल एसोसिएसन अफ अफ्टोम्याट्रिस, नोबेल टिचिङ अस्पताल, कोशी अस्पताल तथा शलजा कार्डियो केयर सेन्टर, विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल, नेपाल मेडिकल सेल्स एण्ड रिप्रेजेन्टेटिभ एशोशियसन र विराटनगर आँखा अस्पताल गरी ८ वटा टिमको सहभागीता हुने आयोजकले जनाएको छ।
बिहान ७ बजेदेखि हुने पहिलो खेल दिब्य ज्योती अस्पताल र नेपाल मेडिकल सेल्स एण्ड रिप्रेजेन्टेटिभ एशोशियसन बीच हुनेछ । त्यस्तै दोस्रो खेल गोल्डेन अस्पताल र नेपालएसोसियन अफ अफ्टोम्याट्रिसबीच हुनेछ । तेस्रो खेलमा कोशीअस्पताल र शैलजा कार्डियो केयर सेन्टरको संयुक्त टिमले नोबेल मेडिकल कलेजको सामना गर्ने छ ।
त्यस्तै अन्तिम खेल विराट मेडिकल कलेज र नेपाल नेत्रज्योती संघबीच हुने आयोजकले जनाएको छ। उक्त प्रतियोगिताको मुख्यप्रायोजन विराट मेडिकल कलेज टिचिङ अस्पताल रहेको छ। भने सहप्रायोजकहरुमा न्यू साहारा चश्मा घर, पूर्वाञ्चल बायोमेट्रिक सोलुसन, निलकण्ठ डाइनोष्टिक ल्याबोटरी एण्ड रिसर्च प्राइभेट लिमिटेड,रौतहट गौरस्थित पुजा अफ्थाल्मिक सप्लायर्स,जानकी स्टील इण्डष्ट्रिज रहेका छन् ।