पदम लिम्बूको परिवारलाई ५ लाख राहत दिने कोशी प्रदेश सरकारको निर्णय

<span class='c1'>पदम लिम्बूको परिवारलाई ५ लाख राहत</span> <span class='c2'>दिने कोशी प्रदेश सरकारको निर्णय</span>

विराटनगर । कोशी प्रदेश सरकारले पहिचान पक्षधरको आन्दोलनको क्रममा घाइते भई मृत्यु भएका पदम लिम्बूको परिवारलाई ५ लाख राहत दिने निर्णय गरेको छ ।

आज (बुधबार) बसेको मन्त्रीपरिषदको बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरुको छानबिनका लागि समिति समेत गठन गर्न आन्तरिक मामिला तथा कनुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

समितिले आन्दोलनका घाइतेको पहिचान गरेपछि उपचार लगायतको विषयमा प्रक्रिया अघि बढ्ने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए । मोरङको उर्लाबारीमा भएको आगलागीको क्रममा झापा र मोरङमा भएको उपचारको खर्च बेहोर्ने निर्णय भएको समते मन्त्री राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्