ग्रेडेड स्कुलको २९ औं वार्षिक उत्सव, विद्यार्थीले देखाए आफ्नो प्रतिभा

<span class='c1'>ग्रेडेड स्कुलको  २९ औं वार्षिक</span> <span class='c2'>उत्सव, विद्यार्थीले देखाए आफ्नो प्रतिभा</span>

विराटनगर । विराटनगर ७ मा रहेको ग्रेडेड बोर्डिङ स्कुलले २९ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।  स्कुल परिसरमा बुधबार विभिन्न कार्यक्रम आयोजना गरी भव्य रुपमा वार्षिक उत्सव मनाएको हो ।


विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले वार्षिक उत्सवको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मयेर कोईरालाले विद्यार्थीहरूको चौतर्फी विकासमा विद्यालयहरुले ध्यान दिनुपर्ने बताए । स्कुलले गर्ने हरेक क्रियाकलापहरुले विद्यार्थीहरूको विकासमा सहयोग पुग्ने उनले बताए । विज्ञान प्रदर्शनी , चित्रकला र अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन मात्रै नगरेर चौतर्फी विकासमा ठूलो सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा बोल्दै प्याब्सन मोरङका अध्यक्ष तथा ग्रेडेड स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै सीप र संस्कार युक्त शिक्षा दिएर अगाडी बढेको बताए । कार्यक्रममा स्कुलका अध्यक्ष केशवलालसिंह सुवालले अहिलेको शिक्षा प्रविधियुक्त र रोजगारमुखी शिक्षा भएकोले विद्यालयले पनि यसमा जोड दिएर अगाडी बढेको बताए ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतम, प्याब्सन मोरङका कोषाध्यक्ष बिष्णु डंगोल, प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठ, अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थीलगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा विद्यार्थीहरूले विज्ञान र चित्रकला प्रर्दशनी पनि गरे । विद्यार्थीहरुले तयार पारेको एक दर्जन बढी स्टल रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले फेशन सो, सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरी दिनभरी अभिभावक, अतिथि र सहभागिहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्