इक्वालिटी कप महिला क्रिकेटः समूह विजेता बन्यो मोरङ

<span class='c1'>इक्वालिटी कप महिला क्रिकेटः</span> <span class='c2'>समूह विजेता बन्यो मोरङ</span>

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले मोरङको आयोजनामा जारी तेस्रो संस्करण इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा लगातार ३ खेलमा जित निकाल्दै मोरङ समूह विजेता भएको छ ।

विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा विहिबार भएको पहिलो खेलमा इलामलाई ८ विकेटले पराजित गर्दै मोरङ समूह विजेता बनेको हो । इलाम र मोरङ यसअघि नै फाइनलमा पुगेका छन् ।

टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ४ ओभरमा सवै विकेट गुमाई ७६ रनको सामान्य योगफल तयार पारेको थियो।

इलामकी दिपा लिम्बुले सर्वाधिक १५ रनको योगदान दिइन् । मोरङकी प्लेयर अफ द म्याच चाँदनी यादवले ४ विकेट लिँदा सुवेक्षा लिम्बुले ३ विकेट लिइन् ।

७७ रनको सामान्य लक्ष्य पाएको मोरङले ९ ओभरमा २ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । मोरङकी प्रिन्सा राईले नटआउट ३० रनको योगदान दिँदा सानु राजवंशीले १४ रन र पूर्णीमा राजवंशीले नटआउट १० रनको योगदान दिइन् । इलामकी यमुना लिम्बु र मुना राई १–१ विकेट लिइन् ।

आजै भएको दोस्रो खेलमा सप्तरीले सिरहालाई ४२ रनले पराजित गर्दै सान्तना जित हात पारेको छ । टस जिेतर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा २ गुमाई १ सय ४८ रनको स्कोर खडा गरेको थियो ।

सप्तरीकी साक्षी यादवले नटआउट ३४ रन बनाउँदा निशु चौधरीले २६ रनको योगदान दिइन् । सिरहाकी अनु यादव र निलम महतो १–१ विकेट लिइन् ।

१ सय ४९ रनको लक्ष्य पछ्याएको सिरहाले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाई १ सय ६ रनमा सीमित भयो । सिरहाका लागि अर्चना महतोले सर्वाधिक १८ रनको योगदान दिइन् । सप्तरीकी मञ्जु रामले ३ विकेट लिँदा सुस्मीता यादवले २ विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्