मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गर्ने मंसिरे शेर्पा पक्राउ

<span class='c1'>मादक पदार्थ सेवन गरी श्रीमतीको</span> <span class='c2'>हत्या गर्ने मंसिरे शेर्पा पक्राउ</span>

विराटनगर । संखुवासभाको सदरमुकाम खाँदबारीमा श्रीमतीको हत्या गरेर फरार रहेका अभियुक्त श्रीमान् पक्राउ परेका छन्। श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त मंसिरे शेर्पालाई आइतबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

शेर्पाले गत १८ फागुनमा रातको समयमा मादक पदार्थ सेवन गरी कुटपिट गरेर श्रीमतीको हत्या गरेका थिए। हत्यापछि फरार रहेका शेर्पालाई गए राति साढे ११ बजे खाँदबारी–७ स्थित वेलफेयर डाँडानजिकै आफन्तको घरमा लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

उनका अनुसार खाँदबारी नगरपालिका– ११ हरेलो स्थायी घर भएका ३१ वर्षीय मंसिरे शेर्पा र सिलिचोङ गाउँपालिका– २ घर भएकी २६ वर्षीया विनाकुमारी राई खाँदबारी– ७ नयाँ भैरवी दल गुल्म ब्यारेकअगाडि स्थानीय खड्गबहादुर श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए।

१८ फागुनमा श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा मादकपदार्थ सेवन गरेका शेर्पाले श्रीमतीको हत्या गरी फरार भएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्