इनरुवामा चैत ५ गतेदेखि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने

<span class='c1'>इनरुवामा चैत ५ गतेदेखि</span> <span class='c2'>अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने</span>

विराटनगर । सुनसरीको इनरुवामा कुस्ती खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला समितिको आयोजना तथा राष्ट्रिय युवा संघ नेपालको सहआयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।

‘प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८०’ को व्यवस्थापन नेपाल खेलकुद महासंघ इनरुवा नगर समितिले गर्ने भएको छ ।

चैत ५ गतेदेखि ७ गतेसम्म हुने प्रतियोगितामा भारत, बंगलादेश र नेपालका ६ जना महिलासहित ८० जना खेलाडीहरूको सहभागिता हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता संयोजक चिनेश्वर मेहताका अनुसार ओझेलमा परेको कुस्ती खेलप्रति स्थानीय कुस्ती खेलाडीहरूमा आकर्षण बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई १ लाख १ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

यसैगरी, दोस्रो हुने खेलाडीलाई ७१ हजार र तेस्रो हुनेलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्