सत्ता हेरफेर स्वार्थको गठजोड मात्र हो : अध्यक्ष लिङ्देन

<span class='c1'>सत्ता हेरफेर स्वार्थको गठजोड मात्र</span> <span class='c2'>हो : अध्यक्ष लिङ्देन</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अहिले भएको सत्ता हेरफेर स्वार्थको गठजोड भएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा उनले स्वार्थ मिले टासिने, नमिले छुटिने भन्दै देश र जनताको वर्तमान परिस्थितीलाई केन्द्रमा राखेर सरकार नबनेको बताए ।
उनले भने, ‘जति नै सिद्धान्तको लेप लगाएपनि अहिलेको यो सत्ता हेरफेर भनेको स्वार्थको गठजोड हो । स्वार्थ मिले टासिने, नमिले छुटिने । सत्ता निर्माण हुँदा बनेको ७, ८ बुदेँबाट पनि त्यही देखिन्छ । देश र जनताको वर्तमान परिस्थितीलाई केन्द्रमा राखेर यो सरकार बनेको होईन् । सत्तालाई आफ्नो सुरक्षा कबजको रुपमा प्रयोग गर्ने उद्देश्यबाट गठबन्धन निर्माण भएको हो ।’
यस्तै उनले सत्ता केन्द्रित चलखेलमा राप्रपा सहभागी नहुने भन्दै गठबन्धनलाई राप्रपाले विश्वासको मत नदिने बताए । राजनीतिप्रति धेरै अविश्वास पैदा भएको भन्दै जनतापनि राजनीतिबाट निराश भएको उल्लेख गरे ।

उनले भने, ‘किन यस्तो हुन्छ की एउटा नेताले अघिल्लो दिन अर्को नेतालाई अछुतो जस्तो व्यवहार गर्छ र भोलिपल्टै त्यही नेता महान र राजनेता हुन्छ यस्तो भएपछि राजनीतिप्रति जनताको विश्वास कसरी बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्