९६७ विद्यार्थी अधिवक्ताको लिखित परीक्षामा उत्तीर्ण

<span class='c1'>९६७ विद्यार्थी अधिवक्ताको</span> <span class='c2'>लिखित परीक्षामा उत्तीर्ण</span>

काठमाडौं । विभिन्न विश्वविद्यालयबाट ९४५ जना र खुल्ला विश्वविद्यालयबाट २२ गरी ९६७ विद्यार्थीले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेका छन् । अब उनीहरुले मौखिक परीक्षा पनि उत्तीर्ण गर्नुपर्नेछ ।

नेपाल बार काउन्सिलले लिएको ३१ औं अधिवक्ताको लाइसेन्स सम्बन्धी परीक्षामा ९ सय ४५ जना उत्तीणर् भएका हुन् । उनीहरुको मौखिक परीक्षा चैत २ गते हुने काउन्सिलले जनाएको छ ।

त्यस्तै नेपाल खुला विश्वविद्यालयबाट कानूनमा स्नातक (एलएलबी)का लागि कुल ७५ परीक्षार्थीमध्ये थोरै संख्यामा अर्थात २२ जनाले मात्रै लिखित परीक्षा उत्तीर्ण गरेका हुन् । उनीहरुका लागि चैत १४ गते अन्तरवार्ताको मिति तय गरिएको छ । अन्तरवार्तामा उत्तीर्ण भए औपचारिकरुपमा उनीहरु अधिवक्ता बन्नेछन् ।
नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) ले हरेक वर्ष अधिवक्ताको लाइसेन्सका लागि परीक्षा लिने गरेको छ । लिखित र मौखिक परीक्षा उत्तीर्ण गर्ने परीक्षार्थीहरुले अधिवक्ताको लाइसेन्स पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्