आइसीसीका अध्यक्ष ग्रेग बार्क नेपाल आउने

<span class='c1'>आइसीसीका अध्यक्ष ग्रेग</span> <span class='c2'>बार्क नेपाल आउने</span>

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क नेपाल आउने भएका छन् ।

नेपाली क्रिकेटबारे बुझ्न उनी आगामी सोमबार नेपाल आउन लागेका हुन् । चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्कले राजनीतिक नेतृत्वहरुसँग पनि छलफल गर्ने कार्यतालिका छ ।

उनले त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानको पनि अवलोकन गर्ने भएका छन् । उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै जनाएको हो । पछिल्लो समय नेपाली क्रिकेटले निरन्तर सफलता हासिल गरिरहेका बेला अध्यक्ष बार्कको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको क्यानका पदाधिकारीले बताएका छन् ।

अध्यक्ष बार्कले पनि नेपाल भ्रमणका विषयमा आफू उत्साहित भएको बताएका विज्ञप्तिमा उल्लेख छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि आइसीसी अध्यक्ष नेपाल आउन लागेकोमा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने बताएका छन् ।
बार्क सन् २०२२ मा आइसीसीको नेतृत्वमा आएका हुन् । न्युजिल्याण्ड क्रिकेट बोर्डमा लामो समय काम गरेका बार्कले आइसीसीमा शशांक मनोहरको स्थान लिएका थिए ।

व्यवसायिक पृष्ठभूमीका बार्कले आइसीसीमार्फत सदस्य राष्ट्रहरुको क्रिकेटको विकासमा चासो व्यक्त गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्