प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल सुरु हुने

<span class='c1'>प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकका</span> <span class='c2'>सिद्धान्त र प्राथमिकतामा छलफल सुरु हुने</span>

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुने छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शून्य र विषेश समयमा सांसदहरुलाई बोल्न दिइने छ । साथै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले “संघीय निजामती सेवा विधेयक, २०८०“ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले “संघीय निजामती सेवा विधेयक, २०८०“ संसदमा प्रस्तुत गर्नेछन् ।
सरकारले “निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथी विचार गरियोस’’ भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराएका छन् ।

आजकै बैठकमा आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव वाहेक) का विषयमा छलफल शुरु गरिने सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्