उदयपुर दुर्घटनामा आठजनाको मृत्यु, ९ जना घाईते

<span class='c1'>उदयपुर दुर्घटनामा आठजनाको मृत्यु,</span> <span class='c2'>९ जना घाईते</span>

विराटनगर । उदयपुरको बेलका नगरपालिका(७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजे भएको दुर्घटनामा ९ जना घाईते भएका छन् । सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोलेरोमा सवार रहेका ७ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा धरानको बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

मृतकहरु मध्ये चालक हतुवागढी गाउँपालिका–२ का ४० बर्षीय मान बहादुर बस्नेत, हतुवागढी गाउँपालिका–५ का ४२ बर्षीय किसान राईसहित छन् । यसैगरी हतुवागढी–२ का चन्द्र प्रकाश राई, हतुवागढी–५ का राम कुमारी राई (ममता), बराहक्षेत्र–३ का पदम ब थापा, हतुवागढी–२ का नाबालक दिशान राई रहेका छन् । यसैगरी इटहरीवासी कमला अधिकारी, हतुवागढीका पर्वत माया राईको घटनास्थलमै मृत्यु भएको थियो । घाईतेपछि उपचारका लागि भर्ना भएका किसन राई घोपामा मृत्यु भएको हो ।

यसैगरी दुर्घटनामा विशेष पराजुली कानेपोखरी, शारदा राई, मिनु राई, शान्तिकला राई, सबिना परियार, गायत्री थापा कटुवाल, रमा थापा सुशील परियार, कुलबुङ्ग राई र निकिता कटुवाल घाईते रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्