विराटनगरका सबै होटलले पाउँदैनन् रात्रिकालिन सञ्चालन स्वीकृति

<span class='c1'>विराटनगरका सबै होटलले पाउँदैनन्</span> <span class='c2'>रात्रिकालिन सञ्चालन स्वीकृति</span>

विराटनगर । विराटनगरमा मापदण्ड पुरा गर्ने होटलले मात्रै रात्रिकालिन व्यवसायिक सेवा सञ्चालन गर्न पाउने भएका छन् । जिल्ला सुरक्षा समितिले बनाएको मापदण्ड पूरा गर्ने शर्त पालना गराउन सक्ने होटलले मात्रै रात्रिकालिन व्यवसाय सञ्चालन गर्न पाउने मापदण्ड तयार पारिने भएको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता टेककुमार रेग्मीका अनुसार आम सबै होटललाई राती १२ बजेसम्म खोल्न दिन सुरक्षा जोखिम भएकोले सञ्चालन कार्यविधि समेत त्यहि अनुसार निर्माण भईरहेको छ । फागुन १६ गते विराटनगर महानगरपालिकाको समन्वयमा सरोकारवाला पक्षसँग भएको सहमति अनुसार मापदण्ड पुरा गर्नसक्ने ठुला होटलहरु राती ११ बजेसम्म खुल्न थालिसकेका छन् ।

जिल्ला सुरक्षा समितिले कार्यविधि मस्यौदा करिब अन्तिम चरणमा पु¥याएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार कार्यविधिमा होटलहरुमा नियन्त्रित ध्वनी प्रणाली, होटल परिसरको सार्वजानिक स्थान (पब्लिक प्लेस) मा अनिवार्य सिसी क्यामरा, होटलको क्षमता अनुसारको सेक्युरिटी गार्डको प्रवन्ध गर्नुपर्ने मापदण्ड राखिएका छन् ।

कार्यविधिमा टेकेर सञ्चालन गर्न चाहने ईच्छुक होटल व्यवसायीसँग आवेदन माग गर्ने तयारी भईरहेको छ । स्थानीय प्रशासनले यसका लागि सार्वजानिक सुचना जारी गर्ने सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । ‘होटलमा आधारित भएर खुल्ला गर्न दिईने छौं’ सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो–आम होटलहरु खुल्ला गर्न दिइने भन्ने छैन ।
जिल्ला सुरक्षा समितिको कार्यविधि अनुसार होटलको प्रकृति, सेवाग्राहीले पाउने सेवा सुविधाको अवस्था, सञ्चालकले गर्ने दैनिक व्यवस्थापनको तयारी, त्यसका लागि आवश्यक जनशक्ति परिचालन जस्ता विषय समेत समेटिने छ । कार्यविधिको ड्राफ्ट अन्तिम चरणमा पुगेकोले अब चाँडै त्यसलाई अन्तिम रुप दिएर कार्यन्वयनको चरणमा प्रवेश गर्ने जानकारी दिइएको छ ।

कार्यविधिलाई अन्तिम रुप दिईसकेपछि सार्वजानिक सुचना जारी गरेर ईच्छुक होटल व्यवसायीसँग आवेदन माग गरिने छ । आवेदन माग गरेपछि सुरक्षा जोखिम विश्लेषण गरेर अनुमति प्रदान गर्ने निर्णय हुनेछ । रात्रिकालिन होटल व्यवसाय सञ्चालनका लागि अनुमति दिएका होटलहरुको निगरानी नेपाल प्रहरीले गर्नेछ ।

पर्यटन व्यवसायी भवेश श्रेष्ठले रात्रिकालिन होटल व्यवसाय सञ्चालनमा केहि शर्तहरुको पालना त अनिवार्य गर्नुपर्ने बताउनुभयो । उहाँले रात्रिकालिन होटल व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति व्यवस्थापन, सेवाग्राही आगमन सहजीकरण जस्ता पाटा समेत थाती रहेका छन् । श्रेष्ठले विराटनगरमा रात्रिकालिन होटल व्यवसाय सञ्चालनका लागि छिमेकी देश भारतबाट साँझ परेपछि भित्रने पर्यटकलाई गर्ने व्यवाहारमा परिवर्तन आवश्यक रहेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्