विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणमा डिफेन्डिङ च्याम्पियन विराटनगर सिटी एफसीलाई आयोजकले समावेश नगर्ने भएको छ ।
सातौं संस्करणमा विजेता बनेको विराटनगर सिटी एफसीलाई आयोजकले निम्ता नै नदिएको हो । ‘यस वर्षको विराट गोल्डकपमा सहभागी हुन निम्तो नपाएको थाहा पाएर निराश भएका छौं। डिफेन्डिङ च्याम्पियनको हैसियतमा, हामी हाम्रो उपाधि कायम राख्ने र हाम्रो भावुक घरेलु भीडको अगाडि हाम्रो प्रतिभा प्रदर्शन गर्ने सम्भावनाको बारेमा अविश्वसनीय रूपमा उत्साहित थियौं’ सातौं संस्करणको विजेता सिटी एफसीले आफ्नो धारणा राख्दै गुनासो पोखेको छ।
विराटनगरमा आयोजना हुने गोल्डकपको ६० वर्षपछि घरेलु टिमले उपाधी जितेको थियो । तर, यस पटक विराट गोल्डकप ट्रष्टले डिफेन्डिङ च्याम्पियनलाई हटाएर आयोजक मोरङ ११ लाई समावेश गराएको हो । आयोजक विराट गोल्डकप ट्रष्टले भने गत संस्करणको विजेतालाई ट्रफि फिर्ता गर्न पत्राचार फागुन २ गते गरेको थियो । आगामी चैत १५ गतेदेखि २४ गतेसम्म दश टिम सहभागी गराएर गोल्डकप हुने तयारी छ । आयोजकका अनुसार मोरङ जिल्ला फुटबल संघको निर्णय अनुसार नै विराटनगर एफसीलाई सहभागि नगराईएको उल्लेख गर्दै पत्राचार गरेको थियो । ट्रष्टको विधानमै डिफेन्डिङ च्याम्पियनलाई सहभागी गराउनु पर्ने प्रावधान नरहेको अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए ।
विराट गोल्डकप बाहेक विराटनगर एफसीले अन्य कुनैप्रति गोल्डकप प्रतियोगितामा भाग पनि नलिएको ट्रष्ट अध्यक्ष शाहीको भनाई थियो । उनले गत प्रतियोगिताको विजेता टिमले खुशीयालीमा नगर परिक्रममा समेत नगरेको बताए ।
सबै बाहिरका खेलाडी राखेर बनाएको क्लवले एक पटक जितो भन्दैमा बारम्बार दिनुपर्छ भन्ने छैन, फेरी उनीहरु आउँन पनि सक्ने अवस्थामा थिएनन्, अध्यक्ष शाहीले भने ।