मोरङमा होली विशेष सुरक्षा : जिल्लाभर ६१२ जना प्रहरी परिचालित, विराटनगरमा २०० जना

<span class='c1'>मोरङमा होली विशेष सुरक्षा : जिल्लाभर ६१२</span> <span class='c2'>जना प्रहरी परिचालित, विराटनगरमा २०० जना</span>

विराटनगर । मोरङ प्रहरीले होली विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभर ६१२ जना प्रहरी जनशक्ति परिचालन गर्ने भएको छ । प्रदेश राजधानी विराटनगरमा मात्रै २०० जनशक्ति परिचालित हुनेछन् ।

मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार कमाण्डसहित नौ प्रकारको प्रहरी टोलि होली अवधीमा परिचालित हुनेछ । जिल्लाभरको कमाण्डमा प्रहरी उपरीक्षक हुनेछन् । त्यसपछि प्रहरी नायव उपरीक्षकको कमाण्डमा रिजर्भ टोलि २५ जनाको हुनेछ । यसैगरी ड्युटी व्यवस्थापन तथा चेकिङ्गमा प्रहरी नायव उपरीक्षकको कमाण्डमा हुनेछ ।

यसैगरी नगर भित्र पिकेट टोलिमा ९३ जना परिचालित हुनेछन् । नगर बाहिरको पिकेटमा २६९ जना परिचालित हुनेछन् । यसैगरी मोटरसाइकलमा क्विक रेस्पोन्स टिममा ८४ जना परिचालित हुनेछन् । पैदल गस्तीमा ३४ जना, मोवाईल ८१ जना र सादा पोशाकमा प्रहरी परिचालन गरिने भएको छ ।

मोरङका प्रहरी उपरीक्षक कार्कीका अनुसार अवाञ्छित गतिविधि निगरानीका लागि सादा पोशाकमा उल्लेख्य प्रहरी परिचालन गरिनेछ । संभावित जोखिम मूल्यांकनपछि तत्काल प्रहरी परिचालन हुनेछन् । प्रहरीले पर्व मनाउँदा सुरक्षा दिईरहनु नपर्ने गरी मर्यादापालना गरेर होली खेल्नका लागि आग्रह गरेको छ ।

रंगको पर्व होलीलाई भयरहित र मर्यादित बनाउन सुरक्षा संयन्त्र परिचालनको खाका तयार पारेर कार्यन्वयनमा ल्याइएकोले सबैले अनुशासित बनेर होली खेल्न आग्रह गरिएको हो । अनिच्छुक र अपरिचित व्यक्तिलाई रंग नलगाउन आग्रह गरिएको छ । यसैगरी बृद्धबृद्धा र बालबालिकाको सम्मान, गाँजा–भाङ्ग र मादक पदार्थको सेवन र सवारी चलाउने कार्य नगर्न, मोटरसाइकलमा अनिवार्य हेलमेल लगाउन, ट्राफिक नियम पालना गर्न, प्रतिसोधको भावना नराख्न आग्रह गरेको छ ।

प्रहरीले कुनै पनि अवाञ्छित गतिविधि भईरहेको भए प्रहरीको हट लाइन १००, ९८५२०३७९०२, ९८५२०२६७५० मा फोन गरेर जानकारी दिन पनि अनुरोध गरेको छ । पर्वलाई विकृती फैलिने र शान्ति सुरक्षामा असर पर्ने कार्य नगर्न र नगराउन आग्रह गर्दै यस्तो भएमा कानुनी कारवाही गरिने उपरीक्षक कार्कीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्