विराटनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको अवस्था गम्भीर

<span class='c1'>विराटनगरमा बसको ठक्करबाट मोटरसाइकल</span> <span class='c2'>चालकको अवस्था गम्भीर</span>

विराटनगर । विराटनगरमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

शुक्रबार दिउँसो विराटनगर-३स्थित कोशी मार्गमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र१-०२-०४९ प ५८२० नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ५५४६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाईकल चालक सुमन कुमार महतो गम्भिर घाईते भएका हुन् ।

मोटरसाइकल चालक सिरहा धनगढीमाई नगरपालिका -१० बस्ने बर्ष ३५ को सुमन कुमार महतोको बायाँ हात, दाहिने खुट्टा र टाउकोमा चोट लागि उपचारको लागि विराट टिचिङ हस्पिटल पठाइएको छ । मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।

ठक्कर दिने बस र चालक धरान उपमहानगरपालिका -२० बस्ने ३९ वर्षका नरेन्द्र राईलाई प्रहरी चौकी बरगाछीले नियन्त्रणमा लिएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्