३ पत्रकारलाई सम्मान गर्ने

<span class='c1'>३ पत्रकारलाई</span> <span class='c2'>सम्मान गर्ने</span>

विराटनगर कार्तिक ६ । दाहाल प्रतिष्ठान मोरङले यस बर्ष दुई पत्रकार सहित तिन जनालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी, कान्तिपुरका भिम घिमिरे र साहित्यकार हरिप्रसाद बराललाई पुरस्कार प्रदान गर्न लागेको हो । प्रतिष्ठानले ‘अम्बिका पदमप्रसाद दाहाल सेवा कोष’ अन्तरगत विभिन्न विधाका पुरस्कार प्रदान गर्न लागेको हो ।उद्घोष दैनिकका सम्पादक भण्डारीलाई कोषद्वारा स्थापित ‘अम्बिका पदमप्रसाद दाहाल सामाजिक सम्मान’ पुरस्कार,साहित्यकार बराललाई  ‘अम्बिका पदमप्रसाद दाहाल साहित्यिक साधना सम्मान’ पुरस्कार  र पत्रकार घिमिरेलाई ‘अम्बिका पदमप्रसाद दाहाल पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गरीने भएको हो ।  सम्मानपत्र सहित तीनवटै पुरस्कारको राशी ११ हजार रुपियाँ रहेको र यही कार्तिक १९ गते दाहाल प्रतिष्ठान जिल्ला शाखा समिति, मोरङको अधिवेशनको अवसरमा आयोजित कार्यक्रमम उक्त पुरस्कारहरु प्रदान गरिने दाहाल प्रतिष्ठान मोरङ अध्यक्ष विष्णुप्रसाद दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्