विराटनगर । आवर विराटनगरका संचालक एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश कार्यसमितिका कोषाध्यक्ष प्रेम देवानलाई पितृ शोक परेको छ ।
उनको बुवा ७० वर्षको उमेरमा आइतबार साँझ निधन भएको हो ।
पत्रकार देवानका बुवा कृष्ण देवान लामो समयदेखि हृदयाघातको बिरामी थिए । आइतबार एक्कासि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटलमा लगिएको थियो । उपचारको क्रममा निधन भएको हो ।