औषधी लिएर ज्येष्ठ नागरिकको घरमा पुग्दै विराटनगरका जनप्रतिनिधि

<span class='c1'>औषधी लिएर ज्येष्ठ नागरिकको</span> <span class='c2'>घरमा पुग्दै विराटनगरका जनप्रतिनिधि</span>

विराटनगर । विराटनगर–८ अमरटोल निवासी १०४ वर्षीया नन्दकुमारी पौडेलको घरमा महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की र वडा अध्यक्ष राम पोखरेल पुगे । पौडेलको स्वास्थ्य अवस्था बुझे र उनीहरुसँगै गएका स्वाथ्यकर्मीबाट परीक्षण गराए । प्रेसर र सुगरको घरमै पुगेर परीक्षण गरेपछि आवश्यक औषधी र पौष्टिक आहार उपलब्ध गराएर उनीहरुले ज्येष्ठ नागरिकलाई भर दिएर फर्किए ।

आइतबार पौडेलको घरबाट सुरु भएको अभियानले वडाभरका ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई अवस्था बुझ्न घरघर पुग्ने कार्यक्रम रहेको छ । विराटनगर महानगरपालिका ८ नम्बर वडाले स्वास्थ्यकर्मीसहित घरघरमा पुगेर जनप्रतिनिधिको उपस्थितिमा स्वास्थ्य अवस्था बुझ्न थालेको हो । वडा कार्यालयले स्वास्थ्यकर्मीको परामर्शका आधारमा औषधि लगायतका सामग्रीहरु पनि वितरण गर्ने गरेको छ ।

८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरि वडा कार्यालयले औषधि, पौष्टिक आहार, स्वास्थ्य परीक्षण, स्वास्थ्य सामग्री लगायतका सामानहरु घर–घरमा वितरण सुरु गरेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिएका छन् । वडा भित्र रहेका ८० वर्ष माथिका जेष्ठ नागरिकको लगत संकलन गरि १३५ जना लक्षित पहिलो चरणको कार्यक्रम सुरु गरिएको उनले बताए । आगामी आर्थिक वर्षदेखि उमेर समूहले विस्तारै घटाउँदै लगिने वडाध्यक्ष पोखरेलको भनाई छ ।

जेष्ठ नागरिकहरुलाई ग्याष्ट्रिक, रक्तचाप, मधुमेह, दुखाई कम गर्ने औषधि, रक्तचाप, मधुमेहको परीक्षण, हर्लिक्स, झुल, स्टिल लौरो, चार्जेवल लाईट वितरण गरिएको थियो। आइतबार विराटनगर अमरटोलका १४ जना जेष्ठ नागरिकको घरमा पुगिएको वडा अध्यक्ष पोख्रेलले बताए । विराटनगर ८ ले जेष्ठ नागरिकको स्वास्थ्यलाई लक्षित गरेर नियमित रुपमा स्वास्थ्य परीक्षण अभियान सञ्चालन निरन्तर जारी राख्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्