नाम शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर, काम एकजना विशेषज्ञ चिकित्सकबाट

<span class='c1'>नाम शैलजा आचार्य हृदय रोग केन्द्र</span> <span class='c2'>विराटनगर, काम एकजना विशेषज्ञ चिकित्सकबाट</span>

सुजता लिम्बु
विराटनगर । लामो समयदेखि स्वासप्रस्वासको समस्याले ग्रस्त ईटहरी–२ का कुमार श्रेष्ठले उपचारको क्रममा थुप्रै पैसा खर्च गरिसके । कहिले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान त कहिले विराटनगरका निजी अस्पतालमा महंगो उपचार खेप्नु परेको उनको गुनासो छ ।
अहिले कोशी प्रदेश सरकारले शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा ल्याएसँगै उपचारमा केहि सहुलियत पाईरहेको उनी बताउँछन् ।

उनी नातिनीको साथमा उपचारका लागि अस्पताल आएका रहेछन् । अस्पताल परिसरमा भेटिएका उनी इसिजी लगायतका सेवा लिएर फर्किन लागेको सुनाए । ‘म दमको रोगी हुँ, निक्कै समयदेखि रोगले च्यापेर हैरान भएको थिए, थुप्रै अस्पताल धाँए धेरै पैसा पनि खर्च भयो’ उनले भने–यहाँ निःशुल्क हुन्छ भनेपछि आएको हुँ, पैसा लागेन
विराटनगर– १२ की सञ्जु यादव पनि आफ्नी ६५ वर्षीया आमालाई लिएर उपचारमा आउँदा अस्पतालमा भेटिइन् । उनले पनि सेवा निःशुल्क पाएको बताइन् । आमालाई लामो समयदेखि स्वासप्रस्वासको समस्याले सताउँदै आएको र धेरै अस्पतालमा उपचारका लागि खर्च गरिसकेको उनको भनाई थियो ।

अस्पतालमा हालसम्म कतिले लिए सेवा ?
अस्पताल प्रशासनले दिएको तथ्यांक अनुसार माघ ८ गतेदेखि चैत १९ गेतसम्म ओ.पी.डीमा एक हजार ६३३ जनाले सेवा लिएका छन् । यसैगरी ६७६ जनाले ईसिजी सेवा लिएका छन् । यसैगरी अस्पताल आएकामध्ये ३४६ जनाले इको सेवा लिएका छन् । एक्स–रे ६०६ जनाले गराएका छन् । ए.वि.वि. एम सेवा २१ जनालाई दिएको छ, होलटर १६ जनाले र औषधी ६२४ जनाले निःशुल्क पाएको दावी छ। अस्पतालका प्रशासनिक सहायक अनुपम राजवंशीले दिएका जानकारी अनुसार स्वास्थ्य सेवा लिनका निम्ति कोशी प्रदेशको विभिन्न जिल्लाबाट सेवाग्राहीहरु आउने गरेका छन् ।

अस्पतालमा छैनन् विशेषज्ञ चिकित्सक
अन्य क्षेत्रमा दरबन्दी अनुसारको जनशक्ति भएपनि मुटुरोग विशेषज्ञमा एकजना मात्रै चिकित्सक हुँदा सेवा प्रवाहमा असहज भएको कर्मचारीहरु बताउँछन् ।

प्रदेश सरकारले मुटु रोग विशेषज्ञका लागि आवेदन खुल्ला गरि सूचना गरेको भएपनि अहिलेसम्म कसैले पनि आवेदन दिएका छैनन् ।

जनशक्ति व्यवस्थापन कस्तो छ ?
एकजना मुटुरोगसँग सम्बन्धित बिरामीलाई सेवा प्रवाह गर्दै आएको अस्पतालमा चारजना मेडिकल अफिसर छन् । यस्तै जनरल सर्जन १ जना छन् । भने ६ जना नर्सिङ कर्मचारीले सेवा दिँदै आइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा १० जना कार्यालय सहयोगीसहित २६ जना कर्मचारी रहेको अस्पताल प्रशासनिक सहायक राजवंशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्