अन्तर प्रदेश राष्ट्रिय खेलकुद : कोशी प्रदेश फुटबलको फाइनलमा

<span class='c1'>अन्तर प्रदेश राष्ट्रिय खेलकुद :</span> <span class='c2'>कोशी प्रदेश फुटबलको फाइनलमा</span>

हेटौडा । कोशी प्रदेश हेटौंडामा जारी अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा भएको तेस्रो दिनको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलमा कोशी प्रदेशका निखील तामांग र आभिशेक बिकले १–१ गोल गरेका हुन् ।

खेलमा उत्कृष्ट प्रर्दशन गरेका कोशी प्रदेशका कमल खवासलाई म्यान अफ द म्याच घोषित भएका छन् ।बागमती प्रदेश खेलकुद विकास समितिको आयोजना एवं बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको व्यवस्थापनमा यो प्रतियोगिता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्