काठमाडौं । इंडियन प्रिमियर लिग (आइपिएल) मा विष्फोटक ब्याटिङ गरेको सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि ६७ रनको शानदार जित निकालेको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६६ रनको चौथो ठूलो योगफल खडा गरेको थियो। जारी आइपिएल इतिहासमा पहिलो धेरै रन बनाउने टोली पनि हैदरावाद नै हो ।
पावरप्लेको ६ ओभरमा १ सय २५ रन बनाएको हैदरावादका लागि ओपनर द्वय ट्राभिस हेड र अभिषेक शर्माले विष्फोटक सुरुवात गरे ।
३२ बलको सामना गरेका हेडले ११ चौका र ६ छक्का सहित सर्वाधिक ८९ रनको पारि खेले भने १२ बलको सामना गरेका शर्माले २ चौका र ६ छक्का प्रहार गर्दै ४६ रनको योगदान गरे ।
यस्तै शाहवाज अहमदले नटआउट ५९ रन, नितिश रेड्डीले ३७ रनको योगदान गरे। दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक ४ विकेट, मुकेश कुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए। जवाफी ब्याटिङ गरेको दिल्ली भने १९ दशमलव १ ओभरमा अलआउट भयो । विशाल रनको लक्ष्य पछ्याएको दिल्लीले १ सय ९९ रन मात्र बनायो ।
दिल्लीका लागि जेल फ्रेजर(मक्गर्कले सर्वाधिक ६५ रनको पारी खेले । कप्तान ऋषभ पन्तले ४४ रन बनाएर आउट हुँदा अभिषेक पोरेलले ४२ रन जोडे।
हैदरावादको लागि थांगासु नटराजनले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। मयंक मार्कण्डे र नितिश रेड्डीले पनि समान २–२ विकेट लिए।
हैदरावाद ७ खेलमा ५ जितसहित १० अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ भने दिल्ली सातौं स्थानमा छ।
आईपिएलमा आज २ खेल हुँदैछन्। दिउँसो पौने ४ मा कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुँने छ ।