काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गरेको छ ।
कप्तान रोहितकुमार पौडेलको सतकमा नेपाल १९.३ ओभरमा वेस्ट इन्डिज एले दिएको २०५ रनको लक्ष्य पछ्याउन सफल भएको हो ।
नेपालका लाथि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाएर आउट भएका थिए । उनले १० चौका र ६ छक्का प्रहार गरे । यसअघि वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो ।
वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए। चेसले ४६ बलमा ९ चौका, २ छक्कासहित ७४ रन बनाए। ओपनर एलिक एथानाजेले ४६ रन बनाउँदा केसी कार्टीले ३८ रन बनाएका थिए । नेपालका लागि कमल सिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र अविनाश बोहोराले एक÷एक विकेट लिएका थिए ।