विराटनगर भन्सारले रोक्यो दुई ट्याङ्कर पामआयल, अर्कै वस्तु भएको आशंकामा अनुसन्धान

<span class='c1'>विराटनगर भन्सारले रोक्यो दुई ट्याङ्कर पामआयल,</span> <span class='c2'>अर्कै वस्तु भएको आशंकामा अनुसन्धान</span>

विराटनगर । तेस्रो मुलुकबाट पैठारी भएको पामआयलमा कैफियत आशंका भएपछि विराटनगर भन्सार कार्यालयले दुईवटा ट्याङकरलाई होल्ड गरेर अनुसन्धान सुरु गरेको छ । आयातकर्ताले भन्सार स्वमूल्यांकन गराएको वस्तु पामआयल नै हो वा अन्य वस्तु हो भन्ने यकिन गर्नुपर्ने भएकोले भन्सार परिसरमा ट्याङकर रोकेर नमूना परीक्षणका लागि पठाइएको हो ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार आठ दिन अगाडी भन्सार यार्डमा भित्रिएका दुई ट्याङ्करमा पाम आयलमा शंका लागेको हो । आयातकर्ताले भन्सार कार्यालयलाई यस अगाडी समेत फल्ड गरेको कुरा बाहिरीएपछि यस पटक ट्याङक्र भित्र के आईरहेको छ ? भन्ने कुरा यकिन गर्न भन्सार विभागमा नमूना परीक्षणका लागि पठाइएको प्रमुख ढकालको भनाई छ । भन्सारको नियमित कार्य अन्तर्गत पर्ने भएपनि आयातकर्ताको नियममाथि प्रश्न उठाउँदै नमूना परीक्षण गरिएको छ ।

प्रमुख भन्सार अधिकृत ढकालका अनुसार आयातित वस्तु स्वघोषणा अनुसारको भए वा नभएको यकिन गरेपछि मात्रै जाँचपास गरिने छ । एउटा वस्तु भनेर अर्को वस्तु आयात गरेको हुनसक्ने संभावित सूचनाका आधारमा भन्सार कार्यालयको अनुसन्धानमा परेको हो । भन्सार कार्यालय परिसरको खाद्य आयात–निर्यातका कर्मचारीसँगको मिलेमतोमा आयातकर्ताले अर्को वस्तुलाई पामआयल बनाउने गरिएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्