कतारबाट पठाएको सुन अर्कैले लगेपछि …

<span class='c1'>कतारबाट पठाएको सुन</span> <span class='c2'>अर्कैले लगेपछि …</span>

काठमाडौं । वैदेशिक रोजगारीबाट घर फर्किँदा अर्काले पठाएको सुन बोकेका एक युवक कल्पनै नगरेको समस्यामा परेका छन् । प्रहरीले खोजी गरेर उनको उद्धार गरेपछि घटना बाहिर आएको हो ।

कतारबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका सप्तरीको राजविराज–१३ का सितेन्द्र यादव अपहरणको घटनामा परेका हुन् । घर फर्कन लाग्दा उनलाई कतारमा बस्ने मनसुर अलीले २५ ग्राम सुन दिई काठमाडौं अवतरणपछि आफ्नो भतिज अजिम अलीलाई दिनु भनेका थिए । प्रहरीका अनुसार आफूलाई दिएको नम्बरमा काठमाडौं अवतरणलगत्तै सितेन्द्रले फोन गरे । फोन रिसिभ गर्ने व्यक्ति आए र सुन लिएर गए । तर, त्यो सुन लिन नजिम पुगेका थिएनन् ।

अजिमले सितेन्द्रलाई नियन्त्रणमा लिए र सिनामंगलस्थित आफू बस्ने डेरामा जबर्जस्ती ल्याए । बन्धक बनाए, कुटपिट गरे । उक्त सुनबापतको ४ लाख ८० हजार माग गरे । सितेन्द्रका साथमा भएको राहदानी र नगद १७ हजार ७ सय ४० रुपैयाँ खोसे । अजिमले सितेन्द्रकी श्रीमतीलाई फोन गरेर ४ लाख ८० हजार दिए मात्र छाड्ने धम्की दिए । यादव परिवार आत्तियो । उनीहरुले प्रहरीलाई खबर गरे । त्यसलगत्तै प्रहरी सक्रिय भयो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान सितेन्द्रलाई सिनामंगलबाट उद्धार गर्नुका साथै दुई जनालाई पक्राउ ग¥यो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्