श्रमिकहरुको आन्दोलनले ठूलो राजनीतिक परिवर्तन ल्याएको छ : मन्त्री श्रेष्ठ

<span class='c1'>श्रमिकहरुको आन्दोलनले ठूलो राजनीतिक परिवर्तन</span> <span class='c2'>ल्याएको छ : मन्त्री श्रेष्ठ</span>

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली श्रमिकहरुको हक, अधिकार र संरक्षणका लागि गम्भीर छलफल गरि यथार्थपरक निष्कर्षमा पुग्नु आवश्यक्ता भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा मे दिवसको अवसरमा आयोजित श्रमिकका सवाल र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि निश्चयपनि नेपालको कामदार र श्रमिक वर्गका लागि आन्दोलनहरु भएको उल्लेख गरे ।

उनले भने, ‘नेपाली श्रमिकहरुको हक, अधिकार र संरक्षणका लागि गम्भिर छलफल गर्नुपर्ने र एउटा यथार्थपरक निष्कर्षमा पुगेर त्यसलाई लागु गर्न संघर्ष वा प्रयत्न गर्नुपर्ने आवश्यकता छ । नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि निश्चयपनि नेपालको कामदार र श्रमिक वर्गका लागि आन्दोलनहरु भएका छन् । तीनै संघर्षहरुको परिणामले नेपालमा ठुलो राजनीतिक परिवर्तन भएको छ ।’

नेपालमा भइरहेको राजनीतिक परिवर्तनले आम नेपाली जनता र श्रमिक वर्गलाई दिएको अधिकारको रक्षाका निम्त संधै संघर्ष र प्रयत्न गर्नुपर्ने आजको आवश्यक्ता भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्