विराटनगर । कोशी प्रदेश सरकारले प्रादेशिक पत्रकारिता पुरस्कारबाट पाँचजना पत्रकारलाई जनही एकलाख नगदसहित पुरस्कृत गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर सोमबार एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेहरुमा विराटनगरका अग्रज पत्रकार अनन्तराज न्यौपाने, सुनसरीका प्रेमबहादुर दियाली, झापाका भीमलाल नेम्वाङ, धनकुटाका रमेशचन्द्र अधिकारी र उदयपुरका महेश्वर चाम्लिङ राई छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले पुरस्कृत पत्रकारहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।